म्याग्दीमा १२ सडक र मोटरेबल पुल आयोजना अलपत्र
सन्तोष गौतम
म्याग्दी ।
म्याग्दीका १२ वटा सडक र मोटरेबल पुल आयोजना अलपत्र परेका छन् । निर्धारित समयभित्र सम्पन्न नभएका र अपेक्षाकृत भौतिक प्रगति नभएका आयोजनाको ठेक्का सम्झौता रकम चार अर्ब रुपैयाँ रहेको छ । लागत अनुमानभन्दा धेरै प्रतिशत घटेर ठेक्का लिएका निर्माण कम्पनीले समयमै काम नसकेपछि अलपत्र परेका हुन् ।
लागत अनुमानभन्दा धेरै प्रतिशत घटेर ठेक्का लिएका निर्माण कम्पनीले समयमै काम नसक्दा ग्रामीण क्षेत्रको विकासमा अवरोध तथा नागरिकलाई सास्ती भएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । वि.सं. २०७४ असारमा दुई अर्ब ५० करोड रुपैयाँमा ठेक्का सम्झौता भई २०७६ असारमा सकिनुपर्ने बेनी–जोमसोम सडक आयोजनाको भौतिक प्रगति ५० प्रतिशत, २०७६ माघमा सकिनुपर्ने ५ करोड ५३ लाख रुपैयाँमा सम्झौता भएको बेनी–दरवाङ सडक आयोजनाको ५१ प्रतिशत र २०७७ जेठमा सकिनुपर्ने २७ करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको पोखरेबगर–चित्रे सडक आयोजनाको भौतिक प्रगति ३८ प्रतिशत छ ।
रत्नेचौर–बेनी र बेनी–बरङ्जा सडक पनि समयमै पूरा हुनसकेको छैन । एक चरणको कालोपत्र भएको ९० प्रतिशत भौतिक प्रगति भएको रत्नेचौर–बेनी सडक गत वर्षात्को पहिरोले छियाछिया बनाएकाले पुनर्निर्माण गर्नुपर्ने भएको छ । बेनी–बरङ्जा सडक कालोपत्रको म्याद चैतसम्म छ । वि.सं. २०७६ जेठमा २२ करोड ५७ लाख रुपैयाँमा बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको बेनी–दरवाङ सडकको दोस्रो प्याकेजको सडक कालोपत्र गर्ने आयोजनाको म्याद २०७८ जेठसम्म भए पनि हालसम्मको प्रगति ३५ प्रतिशत छ ।
पैँतालीस प्रतिशत भौतिक प्रगति भएको २०७६ जेठमै १८ करोड ४१ लाख रुपैयाँमा एपेक्स–खड्का कृष्ण जेभीले ठेक्का लिएको गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडकको म्याद पनि २०७८ जेठसम्म हो । वि.सं. २०७६ साउनमा सकिनुपर्ने गौरी–पार्वती–रुपल जेभीले २०७५ असारमा चार करोड ३२ लाख रुपैयाँमा ठेक्का लिएको बेनी–गलेश्वर सडकको प्रगति ६७ प्रतिशत छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया