दरबारमार्गमा टोनी एण्ड गाइको पहिलो सैलुन
काठमाडौं ।
नेपालमा टोनी एण्ड गाइको पहिलो सैलुन दरबार मार्ग उद्घाटन गरिएको छ । उक्त सैलुनको कलाकार प्रियंका कार्कीले उद्घाटन गरेकी हुन् । उच्चस्तरको सेवाहरु प्रदान गर्ने यो सैलुन वान दरबार मलको तेस्रो तल्लामा रहेको छ । कोभिड महामारीका कारण लामो समयदेखि रोकिएको यसको उद्घाटन अहिले सम्पन्न भएको कम्पनीले जनाएको छ । टोनी एण्ड गाइ विश्वभरि नै प्रतिष्ठित थुप्रै पुरस्कारहरुले सम्मानित हेयरड्रेसिङ ब्रान्ड हो, जसको शिक्षा, विशिष्ट क्लाइन्ट सर्भिस र हेयरकेयर विशेषज्ञका रुपमा ५० वर्षभन्दा बढीको अनुभव छ ।
विश्वभरिका आफ्ना बफादार र स्नेही ग्राहकहरुलाई उच्चस्तरको सेवाहरु प्रदान गरिरहेको टोनी एण्ड गाइले मंगलबारदेखि सुरु भएको सफ्ट ओपनिङमा आफ्नो पहिलो सेटको नेपाली ग्राहकहरुलाई स्वागत गरेको छ । टोनी एण्ड गाइ लन्डनबाट सुरु भएको ब्रान्ड हो । यसको विश्वभरि ४ सय ५० शाखाहरु रहेका छन् । टोनी एण्ड गाइले विश्वभरि नै समान प्रकारको स्ट्यान्डर्ड मेन्टेन गर्न आफ्ना सिपालु हेयर ड्रेसरहरु र स्टाइलिस्टलाई टोनी एण्ड गाइद्वारा विकसित कठोर प्रकारको ट्रेनिङ दिन्छ । यसमा अन्तर्राष्ट्रिय गुणस्तरको सेवाहरु एकदम उत्तम वातावरणमा प्रदान गरिन्छ जहाँ कोभिड—१९ विरुद्ध गोल्ड स्ट्यान्डर्ड हाइजिन कोड फलो गरिन्छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया