Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररासायनिक हतियार नष्ट गर्न राष्ट्रसंघीय प्रमुखको आग्रह

रासायनिक हतियार नष्ट गर्न राष्ट्रसंघीय प्रमुखको आग्रह


अमेरिका ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले रासायनिक हतियारको अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । विश्वलाई नै रासायनिक हतियार विहिन बनाउन उनले सोमबार सवैलाई आग्रह गरेका हुन् । रासायनिक हतियारबाट पीडितहरुको स्मृति दिवसका अवसरमा सन्देश प्रकाशित गर्दै उनले यसको प्रयोग कहिल्यै, कहीँ, कुनै पनि बाहनामा वा कुनै पनि अवस्थामा ठीक नभएको दाबी गरे । रासायनिक हतियारको प्रयोगले अन्तर्राष्ट्रिय कानुनको उलङ्घन हुने गरेको पनि उनले स्मरण गराएका छन् ।

‘कुनै पनि तरिकाले रासायनिक हतियारको प्रयोगलाई सही सावित गर्न सकिदैन, हामीले यस्लाई निरुत्साहित गर्नुपर्छ, प्रयोग नगर्न चेतावनी दिनुपर्छ’, उनले लेखेका छन् । उनले रासायनिक हतियारको प्रयोगलाई कहिल्यै पनि सहज र स्वाभाविक रुपमा लिन नहुनेमा पनि जोड दिए । राष्ट्रसंघीय प्रमुखले रासायनिक हतियारको प्रयोग स्वीकार्य हुन नसक्ने स्पष्ट पारे ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया