एसिया प्रशान्त क्षेत्रमा नेटोजस्तो सुरक्षा मुख्यालय बनाउने योजना छैन : अमेरिका
सियोल ।
संयुक्तराज्य अमेरिकाले एसिया प्रशान्त क्षेत्रमा नेटोजस्तै क्षेत्रीय सुरक्षा मुख्यालय स्थापना गर्ने योजना नरहेको अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले बताएका छन् । पूर्वी एसिया र प्रशान्त मामिला सम्बन्धी कोरिया र जापानका लागि अमेरिकी उप सहायक विदेश मन्त्री मार्क न्यापरले योनहापलाई दिएको अन्तर्वार्तामा उक्त कुरा बताएका हुन् । अमेरिकी अग्रसरतामा रहेको अस्ट्रेलिया, भारत र जापान सम्मिलित क्वाडका सन्दर्भमा न्यापरले भने, ‘अहिल्यै सैन्य मुख्यालय निर्माण गर्ने अमेरिकी योजना छैन ।’ उनले भने, ‘अहिल्यै नेटोकै स्वरुपमा क्षेत्रीय सुरक्षा मुख्यालय स्थापना गर्ने अमेरिकी योजना छैन, तर एकै किसिमका दृष्टिकोण भएका मुलुकहरुबीच साझेदारी गर्ने कुरालाई अमेरिकाले स्वागत गर्नेछ ।’
पछिल्ला दिनमा क्वाडलाई बहुपक्षीय सुरक्षा गठबन्धनका रुपमा विकास गर्ने योजना अघि सारिएको भन्दै चौतर्फी चासो व्यक्त भएको छ जसमा दक्षिण कोरिया समेतलाई समावेश गर्ने योजना अघि बढेको छ । यस समूहले खासगरी चिनियाँ प्रभावलाई नियन्त्रण गर्ने लक्ष राखेको छ । अमेरिकी प्रशासनले यस समूहलाई अझ विस्तार गर्न लागेको भन्ने धारणालाई अस्वीकार गरेको छ तर क्वाडलाई अझ बढी संगठित संरचनामा रुपान्तरित गर्ने सोच अमेरिकाले अघि सारेको छ ।
दक्षिण कोरियासँगको सम्बन्धका बारेमा सोधिएको प्रश्नमा न्यापरले कोरोनाभाइरसका कारण अबरुद्ध भएको आपसी भ्रमण कार्यक्रम चाँडै सुरु हुने विश्वास व्यक्त गरे । उनले दुबै मुलुकबीच जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन अमेरिका तयार रहेको बताए । उत्तर कोरियाली आणविक अप्रसारका बारेमा सोधिएको एक प्रश्नमा न्यापरले उत्तर कोरियासँग वार्ता गर्न अमेरिका खुला रहेको बताए । उनले उत्तर कोरियाले आफ्नो आणविक तथा क्षेप्यास्त्र कार्यक्रम त्याग्नु पर्ने बताए । उत्तर कोरिया मामिलामा दक्षिण कोरियाली राष्ट्रपतिसँग अमेरिकाले निरन्तर छलफल र विचार विमर्श गरिरहेको पनि उनले बताए । (रासस–योनहाप)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया