Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारडेबिट कार्डबाट मात्र एक महिनामा चार अर्ब ९१ करोडको रुपैयाँ भुक्तानी

डेबिट कार्डबाट मात्र एक महिनामा चार अर्ब ९१ करोडको रुपैयाँ भुक्तानी


काठमाडौं ।
विश्व महामारी कोरोना संक्रमणका कारण बैंकिङ क्षेत्रमा विद्युुतीय भुक्तानी कारोबार उल्लेख्य बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार महामारी, विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासको कारण विद्युतीय भुक्तानी कारोबार वृद्धि भएको हो ।

विद्युुतीय भुक्तानी कारोबारअन्तर्गत चालू आर्थिक वर्षको असोजमा मात्र ५९ लाख ५२ हजार छ सय ९३ पटकको डेबिट कार्डको प्रयोगबाट चार अर्ब ९१ करोड नौ लाख रुपैयाँको कारोबार भएको छ । सोही अवधिमा एक लाख २८ हजार चार सय ६० पटकको क्रेडिट कार्डको प्रयोगमार्फत सात करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । यस अवधिमा प्रिपेड कार्डमार्फत भने सात हजार सात सय छ पटकमा ५८ लाख रुपैयाँ बराबरको रकम कारोबार भएको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तमा दुुई लाख ७५ हजार नौ सय ३३ पटकको इन्टरनेट बैंकिङमार्फत ६३ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ । सो अवधिमा ७८ लाख ५० हजार एक सय ५४ पटकको मोबाइल बैंकिङमार्फत दुुई अर्ब ८८ करोड चार लाख रुपैयाँको कारोबार भएको छ । यसैगरी शाखारहित बैंकिङ कारोबारअन्तर्गत भने ४७ हजार छ सय ५० पटकको कारोबारमा १० करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा वालेटमार्फत भने एक करोड एक लाख ७५ हजार नौ सय ६२ पटकको कारोबारमा ९८ करोड ८३ लाख रुपैयाँको काराबार भएको छ ।

नेपाली बैंकिङ क्षेत्रमा डेबिट कार्ड प्रयोगकर्ताहरूको संख्या ७३ लाख २९ हजार दुुई सयको हाराहारीमा छ । सोमध्ये वाणिज्य बैंकहरूमा डेबिट कार्ड प्रयोगकर्ताहरूको संख्या ७० लाख ६२ हजार चार सय ७२ रहेको छ भने विकास बैंकहरूमा यस्तो संख्या दुुई लाख ३१ हजार दुुई सय ८७ रहेको छ । यसैगरी फाइनान्स कम्पनीहरूमा भने डेबिट कार्ड प्रयोगकर्ता ग्राहकहरूको संख्या ३५ हजार चार सय ४३ रहेको छ ।

क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकको संख्या भने एक लाख ६० हजार तीन सयको हारामारीमा रहेको छ । विकास बैंक र फाइनान्स कम्पनीहरूमा भने क्रेडिट कार्ड प्रयोगकर्ताहरूको संख्या शून्य रहेको छ । राष्ट्र बैंकका अनुसार प्रिपेड कार्ड प्रयोगकर्ताहरूको कुल संख्या भने नेपाली बैैंकिङ क्षेत्रमा ६३ हजार सात सय ७५ रहेको छ । विकास बैंक र फाइनान्स कम्पनीहरूमा भने प्रिपेड कार्ड प्रयोगकर्ता ग्राहकहरूको संख्या शून्य रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया