दोलखा ।
दोलखाको मेलुङ गाउँपालिकाको वडा नम्बर ३ मा पहिलोपटक गाउँमै प्रसूति सेवाको उद्घाटन भएपछि सो क्षेत्रका स्थानीय महिला खुसी देखिएका छन् । गाउँमा प्रसूति सेवा नहुँदा यसअघि मेलुङ घ्याङका महिलाहरुलाई सुत्केरी गराउन घण्टौँ लगाएर टाढा पु-याउनुपर्ने समस्याको समाधान भएको मेलुङ गाउँपालिका ३ की महिला सुनिता श्रेष्ठले बताइन् । गाउँमै २४ घण्टे प्रसूति सेवा विस्तार भएकाले सिङ्गो गाउँका महिला लाभान्वित हुने उनको भनाइ छ । मेलुङ गाउँपालिकाले प्रसूति सेवा सञ्चालन गर्नको लागि गत आर्थिक वर्षमा सात लाख बजेट विनियोजन गरेको थियो । प्रसूति सेवा र सामुदायिक स्वास्थ्य इकाइको बुधबार गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठले उद्घाटन गरेका हुन् ।
गाउँमै सामाजिक स्वास्थ्य इकाइ विस्तार भएपछि अस्पताल धाइरहेका स्थानीय नागरिकले अब छोटो समयमै सानोतिनो रोगबाट पीडित बन्नुपर्ने समस्या समाधान हुने वडा अध्यक्ष हिरा थोकरले बताए । भन्ज्याङ र मानेका करिब १५ सय महिलाले अब सुत्केरी हुन गाउँपालिकाको वडा न ५ र ६ तथा सदरमुकाम चरीकोट पुग्नुपर्ने समस्या हल भएको उनको भनाइ छ । यसअघि त्यस क्षेत्रमा यी दुई सेवा नहुँदा सामान्य उपचार गराउन पनि अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- ‘सामान्य कार्यसम्पादन गरेर राजस्वको लक्ष्य भेटिँदैन’
- वित्तीय सङ्कटको सम्भावना कसरी टार्ने ?
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया