Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार२७ अर्ब डलरमा बिक्री भयो स्ल्याक

२७ अर्ब डलरमा बिक्री भयो स्ल्याक


लन्डन ।
सेल्सफोर्सले कार्यक्षेत्रमा प्रयोग हुने मेसेजिङ एप स्ल्याक किन्ने भएको छ । उसले २७ अर्ब ७० करोड अमेरिकी डलरमा स्ल्याक किन्न लागेको बीबीसीले जनाएको छ । स्ल्याक अमेरिकी सफ्टवेयर कम्पनी स्ल्याक टेक्नोलोजिजले विकास गरेको एप हो । यो खरिदबिक्रीलाई प्रविधि क्षेत्रकै पछिल्लो समयको ठूलो बिक्रीका रुपमा हेरिएको छ । सेल्सफोर्सका प्रमुख मार्क बेनियोफले यो सम्झौतालाई ‘स्वर्गमा बनेको जोडी’ भनेका छन् । उनी आफ्नो कम्पनीको सफ्टवेयरलाई विस्तार गर्न र माइक्रोसफ्टजस्ता कम्पनीबाट संरक्षित होस् भन्ने चाहन्छन् ।

सेल्सफोर्सको स्ल्याक प्राप्ति विश्वमा महामारी जारी रहँदा भएको हो । यो समयमा मानिसहरुको ध्यान स्ल्याकजस्ता प्रविधिमा जानथालेको छ । स्ल्याक सन् २००९ मा स्थापनाा भएको थियो । यसले इमेलको विकल्प दिन्छ । सन् २०१९ मा सेयरबजारमा सूचीकृत हुँदा यसको २० अर्ब डलरको मूल्यांकन भएको थियो । तर यसको सेयर पछि घटेको थियो । गत मार्चसम्मको तथ्यांकअनुसार यस कम्पनीका १ करोड २५ लाख प्रयोगकर्ता छन् । यसले माइक्रोसफ्ट टिम्ससँग प्रतिस्पर्धा गर्न प्रयत्न गरिरहेको थियो । माइक्रोसफ्टको टिम्स भने सन् २०१६ मा सार्वजनिक भएको थियो । जसका अहिले १० करोड बढी प्रयोगकर्ता छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया