Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकको भिसा कन्ट्याक्टलेस कार्ड सेवा

महालक्ष्मी विकास बैंकको भिसा कन्ट्याक्टलेस कार्ड सेवा


काठमाडौँ ।
महालक्ष्मी विकास बैंकले भिसा कन्ट्याक्टलेस कार्ड सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार भिसा कन्ट्याक्टलेस कार्ड सेवा नेट फिल्ड कम्युनिकेसन (एनएफसी)मा आधारित प्रविधि हो जसमा प्रत्यक्ष स्पर्श नगरिकन सरल तथा छरितो तरिकाले पस टर्मिनलबाट रकम भुक्तानी गर्न सकिन्छ । बैंक भिसा कन्ट्याक्टलेस कार्ड सेवा कार्ड सुविधा सञ्चालनमा ल्याउने विकास बैंकहरूमध्ये प्रथम बैंक हो ।

यो कार्डको प्रयोगबाट विश्वभर फैलिएको कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणमा विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले नयाँ प्रविधिको सुरुवात गरी आफ्ना ग्राहकहरूलाई आधुनिक बैंकिङ अनुभव दिन खोजेको जनाएको छ । देशको सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूमा एक सय तीनवटा शाखाहरूमार्फत सेवा प्रदान गरिरहेको बैंकको ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया