एभरेष्ट बैंकद्वारा पशुपतिनाथमा वातावरणमैत्री शवदाह गृह स्थापना
काठमाडौँ ।
एभरेष्ट बैंक लिमिटेडले पशुपतिनाथ मन्दिरमा वातावरणमैत्री शवदाह गृह स्थापना गरेको छ । बैंकका अनुसार यो शवदाह गृहबाट उत्पन्न भएको धुँवा, भिजेको स्क्रबर हुँदै निस्कनेछ जसले वातावरणमा पुग्नुअघि सबै घातक वायु प्रदूषक र विषाक्त पदार्थ हटाई प्रदूषण नियन्त्रण गर्न मदत गर्नेछ ।
शवदाह गृह संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईको प्रमुख आतिथ्यमा, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जिकेनेगीद्वारा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई अन्य प्रमुख अतिथिहरूको उपस्थितिमा हस्तान्तरण गरेका हुुन् । बैंकले सधैँ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वप्रति सचेत रहेको छ र यसको सीएसआर गतिविधिहरूअन्तर्गत जनताको हितका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।
स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ९८ शाखा सञ्जाल, प्रादेशिक कार्यालय, एक सय २८ एटीएम बुथसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३० वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- वित्तीय सङ्कटको सम्भावना कसरी टार्ने ?
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया