Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजार परिसूचक दुुई हजार ५५ अंकमा

बजार परिसूचक दुुई हजार ५५ अंकमा


काठमाडौं ।
सेयर बजार परिसूचक ओरालो लागेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक १५ दशमलव ५७ अंकले ओरालो लागेर दुुई हजार ५५ दशमलव ४५ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७६ अंकले ओरालो लागेर तीन सय ९२ दशमलव २९ अंकमा झरेको छ । यसदिन कुुल दुुई सयवटा कम्पनीहरूको सेयर कारोबार भएको छ । जसबाट ६४ हजार चार सय २६ पटकको कारोबारमा एक करोड ५८ लाख ८९ हजार पाँच सय ६० कित्ता सेयर खरिदबिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम आठ अर्ब दुई करोड ६० लाख २३ हजार सात सय ९८ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये जलविद्युुत् समूहको सूचक १० दशमलव ३६ अंकले उकालो लागेर १७ सय ३१ दशमलव ६७ अंकमा चढेकोमा लघुुवित्त समूहको सूचक पनि ३० दशमलव आठ अंकले उकालो लागेर तीन हजार एक सय ८८ दशमलव ६१ अंकमा चढेको छ । वाणिज्य बैंक समूहको सूचक भने यसदिन आठ दशमलव ७३ अंकले ओरालो लागेर १४ सय ९८ दशमलव ५९ अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक पनि २० दशमलव ३५ अंकले ओरालो लागेर २२ सय १९ दशमलव ३६ अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि एक सय ६६ दशमलव ४१ अंकले ओरालो लागेर नौ हजार नौ सय १२ दशमलव ६० अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि दुुई सय ५८ दशमलव २६ अंकले ओरालो लागेर १२ हजार छ सय छ दशमलव ६९ अंकमा झरेको छ । यीबाहेक टे«डिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः एक सय ६० दशमलव ४२, आठ दशमलव ३५, छ दशमलव ७३, ७२ दशमलव ९६, १९ दशमलव ३१ र शून्य दशमलव शून्य पाँच अंकले ओरालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको एभरेष्ट बैंकको संस्थापक सेयरको मूल्य नौ दशमलव ९६ प्रतिशतले बढेर दुई सय ९८ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको अपर तामाकोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि नौ दशमलव ९५ प्रतिशतले बढेर चार सय ३१ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक नेपाल सेवा लघुवित्त वित्तीय संस्था, प्राइम कमर्सियल बैंक आदिको सेयर मूल्य पनि बढेका छन् ।

गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको विशाल बजार कम्पनीको सेयर मूल्य छ दशमलव ९७ प्रतिशतले घटेर तीन हजार एक सय ९० रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको साल्ट ट्रेडिङ कर्पोेरेसन नेपाल लिमिटेडको सेयर मूल्य पनि छ दशमलव ९४ प्रतिशतले घटेर पाँच हजार सात सय रुपैयाँमा किनबेच भएको छ । यीबाहेक बोटर्लस नेपाल तराई लिमिटेड, पाँचथर पावर कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको एकै दिन प्रतिकित्ता १७ सय ३५ रुपैयाँ अन्तिम मूल्यमा एक अर्ब ११ करोड ४० लाख आठ हजार पाँच सय ५७ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल टेलिकमको पनि प्रतिकित्ता १२ सय ८५ रुपैयाँ अन्तिम मूल्यमा ४२ करोड १८ लाख ३८ हजार आठ सय ९९ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, प्राइम कमर्सियल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया