तेह्रमध्ये पाँच मोटरेबल पुल मात्र निर्माण
अमरगढी ।
वर्षौँ बितिसक्दा डडेल्धुरा जिल्लामा निर्माण भइरहेका पक्की मोटरेबल पुल सम्पन्न हुन सकेको छैन । साना–ठूला गरी १३ वटा पुलको निर्माण गरिसक्नुपर्ने समयावधि सम्पन्न भइसकेको छ । निर्माणको जिम्मेवारी पाएको ठेकेदारको लापरवाहीका कारण निर्माण हुन नसकेका हुन् । अधिकांश पुल निर्माणको काम ५० प्रतिशत पनि सम्पन्न हुनसकेको छैन ।
डिभिजन सडक कार्यालय डोटीको सहयोगमा जिल्लामा निर्माण भइरहेका ती पुल सम्पन्न हुन नसक्दा ग्रामीण क्षेत्रमा यातायात सञ्चालनमा समस्या हुने गरेको छ । ती पुलमध्ये पाँच मात्र निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ । बाँकी पुल समयमै सम्पन्न नहुँदा आफूहरू सरकारले दिएको सेवा सुविधा प्रयोग गर्नबाट वञ्चित हुनुपरेको नवदुर्गा गाउँपालिका–१ का लोकेन्द्र विकले बताए ।
उनले भने, ‘नवदुर्गा गाउँपालिका–२ सँग जोडिने सडकमा रडुवाखोला–मणिलेक पर्ने पुल करिब चार वर्षदेखि निर्माणाधीन छ ।’ हरेक वर्ष असार मसान्तमा सम्पन्न हुने भनिए पनि ठेकेदार डिभिजन कार्यालयसँग थप म्याद गरी काम ढिलाइ गर्ने गरेको स्थानीयवासीको गुनासो छ । यस्तै डडेल्धुराको परशुराम नगरपालिकामा पर्ने रङ्गुन पुल काम थालनी भएकोे सात वर्ष बितिसकेको छ । उक्त स्थानमा पुल बन्दा मुख्य धाममध्येको चौथो परशुरामधामलगायत पर्यटन क्षेत्रको विकासका टेवा पुग्ने परशुराम क्षेत्र विकास समितिका अध्यक्ष कैलाशकुमार पाण्डेयले जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया