बैंक अफ काठमाण्डूद्वारा पाँच लाखको बीमा दाबी रकम भुक्तानी
काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेडले बीओके सफलता मुद्दती खातामा उच्चतम ब्याजदरका साथ ११ लाख रुपैयाँसम्मको बीमा सुविधा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा उपलब्ध गराउँदै आइरहेको छ । बीमा सुविधाअन्तर्गत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्तताको लागि पाँच लाख, १८ प्राणघातक रोगहरूको लागि पाँच लाख तथा औषधि उपचारको लागि एक लाखको बीमा सुविधा रहेको छ ।
बैंकका अनुसार यसै सुविधाअन्तर्गत रुद्रप्रसाद बस्तीलाई बैंकले पाँच लाख रुपैयाँ बीमा दाबी रकम भुक्तानी हस्तान्तरण गरेको हो । केही समययता प्राणघातक रोगको कारणले उनको स्वास्थ्य प्रतिकूल भएको अवस्थामा बस्तीले बैंकबाट उपलब्ध भएको बीमादाबी रकम भुक्तानी प्राप्त गरी उक्त पैसा आफ्नो स्वास्थ्य उपचारमा प्रयोग गरी हाल सफल उपचारपश्चात् स्वास्थ्य लाभ गरी सामान्य जीवनयापन गरिरहेका छन् ।
बस्तीले बीओकेको नारायणघाट शाखा कार्यालयबाट बैंकिङ कारोबार गर्दै आएका छन् । बैंकको वाग्मती प्रदेशअन्तर्गत नारायणघाट प्रादेशिक कार्यालयका प्रमुख दिपक लम्सालले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक रुद्रप्रसाद बस्तीलाई हस्तान्तरण गरे । उक्त कार्यक्रममा सिद्धार्थ इन्स्योरेन्सको नारायणघाट शाखाका प्रबन्धक माधव रेग्मीको उपस्थिति रहेको थियो । बैंकले हाल सबै क्षेत्रमा गरी ९१ शाखा कार्यालयहरू, ८० एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता
- खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप जडान गर्न मन्त्री यादवको निर्देशन
- कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया