लक्ष्मी बैंकको रुकुम पश्चिमको त्रिवेणी र बाँफिकोट गाउँपालिकासँग सम्झौता
काठमाडौं ।
लक्ष्मी बैंकले रुकुम पश्चिमका त्रिवेणी र बाँफिकोट गाउँपालिकासँग सम्झौता गरेको छ । बैंकले सहुलियतपूर्ण कृषि कर्जा प्रवाहका लागि दुवै गाउँपालिकासँग छुट्टाछुट्टै सम्झौता सम्पन्न गरेको हो । सम्झौताअन्तर्गत सम्बन्धित गाउँपालिकाको सहजीकरण र सिफारिसमा स्थानीय कृषी उद्यमी, कृषि समूह, कृषि सहकारीलगायत अन्य संघसंस्थाहरूले बैंकबाट सहुलियत दरमा कर्जा प्राप्त गर्नेछन् ।
एक कार्यक्रमबीच बुधबार लक्ष्मी बैंकका रिटेल फाइनान्सियल सर्भिसका प्रमुख दिपेश अमात्य तथा त्रिवेणी र बाँफिकोट गाउँपालिकाका अध्यक्षहरू क्रमशः झक्कुप्रसाद घर्तिमगर र धर्मबहादुर केसीले उपरोक्त सम्झौतामा हस्ताक्षर गरेका हुुन् । कार्यक्रममा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले बैंकले कृषि कर्जालाई प्राथमिकतामा राख्दै आएको र सोका लागि छुट्टै इकाइ समेत स्थापना गरेको जानकारी गराए । कार्यक्रममा उपस्थित पूर्व ऊर्जामन्त्री जनार्दन शर्माले सम्झौतामाथि आफ्नो धारणा राख्दै रुकुम पश्चिमका अन्य स्थानीय निकायहरूका लागि समेत यस्तै सम्झौता गरिने बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
- उत्पादनको १७ प्रतिशत कफी विदेश निर्यात
- टेलिकमको नाफामा गिरावट
- अवैध सुनको आयात बढ्दा भारतीय रूपैयाँको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया