एनसेलले ल्यायो नयाँ भ्वाइस प्याकहरू
काठमाडौं ।
एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि दुईवटा नयाँ भ्वाइस प्याकहरू ल्याएको छ । यसअन्तर्गत ग्राहकले अझै सुलभ दरमा आफ्ना साथीभाइ तथा परिवारसँग सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् । यी नयाँ भ्वाइस प्याकहरू बिहीबारदेखि नै ग्राहकका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार प्रिपेड ग्राहकले एक घण्टाको र तीन दिनको समयसीमा भएको भ्वाइस प्याक आफ्नो आवश्यकताअनुसार सुचारु गर्न सक्नेछन् । एक घण्टाको भ्वाइस प्याकअन्तर्गत प्रिपेड ग्राहकले करसहित १७ रुपैयाँमा एक घण्टा समयसीमा रहेको ६० मिनेट अन नेट टक टाइमको फाइदा लिन सक्नेछन् जसमा ग्राहकले २८ पैसा प्रतिमिनेट दरमा आफ्ना भ्वाइस सेवा लिन सक्नेछन् ।
एनसेल नेटवर्कभित्र कल गर्न विद्यमान शुल्क प्रतिमिनेट करसहित २ रुपैयाँ ५४ पैसा रहेको छ । ग्राहकले ६० मिनेटको प्याक सुचारु गर्नेबित्तिकै प्याकको समयसीमा सुरु हुनेछ । प्रिपेड ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स८ह्यास डायल गरी एक घण्टाको प्याक सुचारु गर्न सक्नेछन् । त्यसैगरी ग्राहकले तीन दिनको समयसीमा रहेको २ सय २५ मिनेट टक टाइमको प्याक करसहित मात्र ४८ रुपैयाँमा सुचारु गर्न सक्नेछन् । यस प्याकमा ग्राहकले तीन दिनसम्म हरेक दिन ७५ मिनेटको हिसाबले अन नेट टक टाइमको फाइदा लिन सक्नेछन् । यस प्याकअन्तर्गत ग्राहकले एनसेल नेटवर्कभित्र करसहित २१ पैसा प्रतिमिनेटमा भ्वाइस सेवा लिन सक्नेछन् ।
ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ६ एस्ट्रिक्स २ ह्यास डायल गरी तीन दिनको समयसीमा रहेको प्याक सुचारु गर्न सक्नेछन् । सुलभदरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताअनुरुप आफ्ना ग्राहकका लागि यी भ्वाइस प्याकहरू ल्याइएको कम्पनीले जनाएको छ । यो अफरले अझै सुलभदरमा भ्वाइस सेवामा पहुँच दिँदै ग्राहकलाई आफ्नो परिवार तथा साथीभाइहरूसँग सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया