Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानमा सक्रिय संक्रमितको संख्या ५० हजार नाघ्यो

पाकिस्तानमा सक्रिय संक्रमितको संख्या ५० हजार नाघ्यो


इस्लामावाद ।
पाकिस्तानमा पछिल्लो समयमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यहाँका स्थानीय अधिकारी र सो मन्त्रालयले राजधानी इस्लामावादसहित यहाँका अरु पनि शहरहरुमा पछिल्लो समयमा यस भाइरसका संक्रमितहरु बढ्न थालेको जनाएका हुन् । बिहीबार मात्र यहाँका अधिकारीहरुले दिएको जानकारीमा यहाँका कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ५१ हजार ६ सय ५४ जना पुगेको छ । अधिकारीहरुले यहाँ कोरोना भाइरसको दोस्रो वेभ आएको पनि बताएका छन् । जसबाट यहाँका नागरिकमा पछिल्लो समयमा भाइरसको त्रास बढ्दै गएको पाइएको छ ।

यहाँको राष्ट्रिय जियो टेलिभिजन संस्थाले दिएको जानकारीअनुसार गएको २४ घण्टामा मात्र पाकिस्तानमा तीन हजार ४ सय ९९ जना नयाँ संक्रमित थपिएका छन् । पाकिस्तानका सञ्चारमाध्यमहरुले पाकिस्तानमा पछिल्लो समयमा भाइरसका संक्रमितहरु बढ्न थालेका र यहाँ कोरोना भाइरसको सेकेन्ड वेभ आएको बताएका छन् । यहाँ कोरोना भाइरसका संक्रमितहरुको संख्या ४ लाख छ हजार ६ सय १६ पुगेको यहाँका स्थानीय अधिकारी तथा स्वास्थ्य मन्त्रालयद्वारा उपलब्ध तथ्यांकहरुमा उल्लेख गरिएको छ । (रासस/सिन्ह्वा)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया