एचएसबीसीको सेयर मूल्य ५० प्रतिशतले बढ्यो
लन्डन ।
चर्चित बैंक एचएसबीसीको सेयर ५० प्रतिशतभन्दा बढी दरले बढेको छ । गत सेप्टेम्बरमा भने यसको सेयर मूल्य २५ वर्षयताकै न्यून विन्दुमा पुगेको थियो । बेलायतकै सर्वाधिक ठूलो बैंकले युरोप र एसियाका मुख्य बजारमा नियामकीय र आर्थिक दबाब भोगिरहेको छ । तर सेप्टेम्बरयता यसको सम्पत्ति भने हङकङमा ५० प्रतिशत र लन्डनमा ४८ प्रतिशतभन्दा बढीले सेयर मूल्य बढेको छ । यसको मुख्यालय लन्डनमा रहेको छ ।
बैंकले आधाजसो नाफा एसियाबाट कमाउँछ । यो बैंक हङकङ र लन्डनको सेयरबजारमा सूचीकृत छ । अहिले सेयर मूल्य उच्च दरमा बढे पनि यो वर्षको सुरुतिरभन्दा एक तिहाइले कममै छ । अक्टोबरमा एचएसबीसीले खर्च बचत गरेसँगै आशा गरेभन्दा बढी परिणाम हासिल गरेको थियो । ४६ प्रतिशतसम्म डिपोजिट नाफा घट्नुका बाबजुद बैंकले सुधार गर्दै करअघिको नाफा ३ अर्ब २० करोड अमेरिकी डलर पु-याउन सफल भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
- उत्पादनको १७ प्रतिशत कफी विदेश निर्यात
- टेलिकमको नाफामा गिरावट
- अवैध सुनको आयात बढ्दा भारतीय रूपैयाँको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया