चिनियाँ कम्पनीलाई लपेट्न छुट्टै कानुन ल्याउँदै अमेरिका
वासिड.टन ।
अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले चिनियाँ कम्पनीलाई अमेरिकी सेयरबजारबाट बाहि-याउन नयाँ कानुन पारित गरेको छ । चिनियाँ कम्पनीले अमेरिकी अडिट नियम पालना नगरे उनीहरुलाई अमेरिकी सेयर बजारमा प्रवेश नदिने नियम पारित गरिएको हो । यो कानुनअनुसार कम्पनीहरुले आफू विदेशी सरकारको स्वामित्व, नियन्त्रणमा रहे/नरहेको समेत खुलाउनुपर्नेछ । पारित भएको ‘द होल्डिंग्स फरेन कम्पनिज अकाउन्टेबल एक्ट’ अमेरिकी राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छ ।
आफ्नो कार्यकालको अन्तिम महिनामा ट्रम्प प्रशासन रहँदा यो कानुनले चीनमाथि दबाब सिर्जना हुने बताइएको छ । त्यस्तै चीनले उइगुर मुस्लिमको श्रम शोषण गर्ने कम्पनीबाट कटन आयातमाथि पनि यो कानुनले प्रतिबन्ध लगाउने बताइएको छ । अमेरिकाले चीनविरुद्ध पछिल्ला वर्षमा विभिन्न आरोप लगाउँदै विभिन्न आर्थिक प्रतिबन्धहरु लगाउँदै आएको छ । उसले चीनलाई आफ्नो मुद्रा अवमूल्यनको खेलमा लागेको आरोप लगाएको छ । चीन र अमेरिकाबीच सन् २०१८ देखि नै व्यापारयुद्ध चलिरहेको छ । यसैबीच, चीनले पनि आफ्ना प्रविधि, सुरक्षासम्बन्धी वस्तुको निर्यात नियन्त्रण गर्न नयाँ कानुन गत मंगलबारदेखि कार्यान्वयनमा ल्याइसकेको छ । अमेरिकी कदमको प्रतिक्रियास्वरुप चीनले नयाँ कानुन ल्याएको हो ।
अमेरिकाले नयाँ कानुन ल्याए पनि तीन वर्षे अडिटको नियम पालना नगर्ने चिनियाँ कम्पनीमात्र दण्डको भागिदार हुनेछन् । अमेरिकी धितोपत्र संघले नयाँ कानुन पारित भएकोमा स्वागत गरेको छ । तर कानुनको कार्यान्वयनमा जोड दिएको छ । यो कानुन चीनबाहेकका देशको हकमा पनि लागू हुनेछ । द यूएस–चाइना इकोनोमिक एन्ड सेक्युरिटी रिभ्यु कमिसनका अनुसार अक्टोबरसम्म २ सय १७ चिनियाँ कम्पनी यूएस एक्स्चेन्जमा सूचीकृत भएका छन् । अमेरिकामा सूचीकृत अलिबाबा केएफसीको चीन व्यवसायलगायतले केही समयअघि मात्रै हङकङको दोस्रो सेयरबजार कारोबारमा प्रवेश गरेका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
- उत्पादनको १७ प्रतिशत कफी विदेश निर्यात
- टेलिकमको नाफामा गिरावट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया