Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयुरोपियन लगानी बैंकलाई थप सहयोग विस्तार गर्न आग्रह

युरोपियन लगानी बैंकलाई थप सहयोग विस्तार गर्न आग्रह


काठमाडौं ।
नेपालले युरोपियन लगानी बैंकको सहयोग थप विस्तार गर्न आग्रह गरेको छ । कोभिड–१९ को कारण नेपालको अर्थतन्त्र धेरै कमजोर रहेको भन्दै कोभिड नियन्त्रणका कार्यक्रमका लागि युरोपियन लगानी बैंकको थप सहयोग रहेको अर्थ मन्त्रालयले जनाएको छ । आफूलाई भेट्न मन्त्रालयमा आएका काठमाडौंस्थित युरोपियन युनियनका राजदूत नोना डेप्रेजसँग अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले सो आग्रह गरेका हुन् । भेटमा अर्थमन्त्री पौडेलले नेपाल र युरोपियन युनियनबीच सुखद र असल सम्बन्ध रहेको उल्लेख गर्दै कोभिडको महामारी नियन्त्रणमा पनि युरोपियन युनियनको सहयोग हुने अपेक्षा गरेका थिए ।

भेटमा अर्थमन्त्री पौडेलले नेपालको विकासमा विशेष गरी शिक्षा, कृषि, स्वास्थ्य, संघीयता कार्यान्वयन, कोभिड–१९ न्यूनीकरण र रोकथामका कार्यक्रममा युनियनले गर्दै आएको सहयोगको लागि धन्यवाद दिँदै थप सहयोग भएमा नेपालको अर्थतन्त्र उकास्न सहयोग पुग्ने बताएका थिए । भेटमा राजदूत डेप्रेचले युरोपियन लगानी बैंकको सहयोग थप विस्तार हुने बताएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया