बझाड. ।
चिसो बढेसँगै उच्च हिमाली क्षेत्रमा रहेको भेडापालक किसानहरू बेसीतिर झर्न थालेका छन् । मध्यबर्खामा झण्डै चार हजार मिटरमाथिको उचाइमा पर्ने विभिन्न खर्कमा भेडा गोठ राखेका किसानहरूले कात्तिकपछि भेडालाई क्रमशः औलतर्फ झार्ने गर्दछन् । अहिले चिसो बढेपछि भेडाको बथानसहित बेँसी भर्ने किसानको संख्या बढ्दो छ । हिमालको काखमा रहेका पाटनमा चिसो र हिमपात भएपछि हिउँदमा भेडालाई बेसीँ झार्न लागेको साइपालका किसान धिर्क बोहराले बताए । ‘गर्मी बढेपछि औलबाट क्रमशः उकालो चढ्छन्, तल झर्न मान्दैनन्, फेरि लेकमा जाडो बढेपछि ओरालोतर्फ झर्छन्, सोहीअनुसार गोठ सार्ने गर्नुपर्छ’, उनले भने । बझाङ जिल्लाको साइपाल गाउँपालिकामा प्राय सबै घरमा तीन सय भेडा बाख्रा नभएको परिवार नै छैन ।
आर्यस्रोत्रको मुख्य आम्दानीको रूपमा भेडा नै भएको साइपालका मिलन धामीले बताए । करिब चार हजार मिटरमाथिको उचाइमा पर्ने राइढुगी, औलागाड कालापानी, माझा, चाल्लावनलगायतका क्षेत्रमा महिनौँ दिन किसानहरू भेडा चराउने गर्दछन् । प्रायः उच्च हिमाली क्षेत्र रुचाउने भेडाले धेरै चिसो पनि सहँदैनन् र बढी गर्मी पनि मन पराउँदैनन् । कात्तिकदेखि फागुन लाग्दासम्म उच्च क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले हिमाली क्षेत्रका विभिन्न खर्क हुँदै यतिबेला भेडाका बथान बेँसीसम्म आइपुगेका हुन् । फागुनदेखि भने भेडाको बथान उकालोतर्फ नै लाग्छन् ।
बझाङका करिब एक दर्जन किसानले भेडापालन गरेका छन् । केही वर्ष अघिसम्म भेडीगोठ उल्लेख्य रूपमा रहे पनि क्रमशः चरन क्षेत्रको अभाव, वन्यजन्तुको आक्रमण, जनशक्तिको अभावलगायतका कारण घट्दै गएको पाइन्छ । ‘उच्च क्षेत्रका खर्कमा वन कुकुर, भालु, हिउँ चितुवाले आक्रमण गरेर धेरै भेडा मर्छन्, कति रोगले मर्छन्, अर्कातिर खर्कहरू मासिँदै गएका छन्, सामुदायिक वन क्षेत्रमा धेरै शुल्क तिर्नुपर्छ, जनशक्ति नपुग्दा स्याहार गर्न पनि गाह्रो छ’, भेडा पालक अर्जुन सिंह भने ।
भेडीगोठ लोप हुँदै गएको अवस्थामा यसको महत्व पनि थपिँदै गएको छ तर अनेकौँ समस्याले कतिपय भेडापालक किसान अन्य पेसा व्यवसायतर्फ लागेका छन् । भेडा बहुउपयोगी जनावरको रूपमा लिने गरिन्छ । भेडाको ऊन कम्मल, राडी, स्विटर बनाउन प्रयोग हुने गरेको छ भने यसको घ्यू औषधिकै रूपमा प्रयोग हुने गरेको छ । यस्तै यसको मासुसमेत प्रायले रुचाउँछन् । ऊनबाट बनेका कपडा धेरै न्यानो हुन्छन् भने यसको घ्यू विभिन्न घाउखटिरा आउँदा, आगोले पोल्दा औषधिको रूपमा प्रयोग हुने गरेको बताइन्छ । पाल्न सक्दा राम्रो आम्दानीको स्रोत मानिने भेडीगोठको संरक्षण र वृद्धि विकासका लागि सरकारले थप अनुदानलगायतका सहुलियत प्रदान गर्न आवश्यक रहेको स्थानीय किसानको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- नेरुडे मिर्मिरे लघुवित्तको नाफा ऋणात्मक
- नेसनल लघुवित्तको नाफा १० करोड ४७ लाख
- सूर्योदय लघुवित्तको नाफा ऋणात्मक
- सामुदायिक लघुवित्तको नाफा ऋणात्मक
- साना किसान लघुवित्तको नाफा ३२ करोड १८ लाख
- शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता
- अपर मुस्ताङमा सीएफ मोटो एडभेन्चर राइड हुने
- ‘के पप टुर इन नेपाल’ कन्सर्ट हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया