Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटोक्यो ओलम्पिकमा थप २ अर्ब ४० करोड खर्च हुने आँकलन

टोक्यो ओलम्पिकमा थप २ अर्ब ४० करोड खर्च हुने आँकलन


टोक्यो ।
कोरोना भाइरस महामारीका कारण स्थगित भएको टोक्यो ओलम्पिक खेलको आयोजनाका लागि थप २ करोड ४० लाख अमेरिकी डलर खर्च लाग्ने आयोजक समितिले शुक्रबार जनाएको छ । एएफपीका अनुसार आयोजक समिति टोक्यो २०२० ले खेलमा भएको ढिलाइका कारण सञ्चालन खर्चमा थप १ अर्ब ५० करोड डलर लाग्ने तथा कोरोनाभाइरसबाट खेलमा सहभागीलाई जोगाउन थप ९० करोड डलर खर्च हुने बताएको छ । यसै वर्ष २०२० मा हुनुपर्ने टोक्यो ओलम्पिक आगामी वर्ष सन् २०२१ मा हुँदै छ ।

डलर र जापानी येनको परिवत्र्य दरमा हुने फेरबदलले पनि लागत खर्च अरु बढाउने आयोजकको भनाइ छ । टोक्यो ओलम्पिक खेलमा लागत बढ्दै गएपछि जापानी नागरिकबीच मत विभाजन भएको छ । केहीले महामारीको अवस्थामा खेल आयोजना पूरै रोक्ने वा खेल नै रद्द गर्नेतर्फ जापान सरकारले ध्यान दिनुपर्ने बताउँदै आएका छन् । यद्यपि थप लागतको व्ययभार जापान सरकार, टोक्यो सहर र आयोजकले व्यहोर्ने सहमति भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया