Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटाटाको विद्युतीय नेक्सन कार दुई हजार बढी बिक्री

टाटाको विद्युतीय नेक्सन कार दुई हजार बढी बिक्री


नयाँ दिल्ली ।
भारतीय सवारीसाधन निर्माता टाटा अटोमोबाइल्सले उत्पादन गरेको विद्युतीय कार नेक्सन ईभीले दुई हजारभन्दा बढी बिक्रीको आँकडा पार गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बजारमा सार्वजनिक भएको १० महिनापछि उक्त आँकडा पार गरेको हो । यो तथ्यांकले नेक्सन ईभीप्रतिको जनरुचि बढ्दो रुपमा रहेको देखाएको छ ।

गत नोभेम्बरसम्म नेक्सन ईभी २२ सयभन्दा धेरै बिक्री भइसकेको छ । यो वर्ष अगस्टमा यसको एक हजार रोलआउट गरेको तीन महिना सेप्टेम्बर–नोभेम्बरमाा थप एक हजार नेक्सन ईभी बिक्री भएको थियो । यसको आकर्षक मूल्यसँगै भारतमा सबैभन्दा धेरै बिक्री हुने विद्युतीय कारमा नेक्सन ईभीले स्थान पाएको छ । टाटा मोटर्सको बजार हिस्सा ७४ प्रतिशत रहेकोामाा विद्युतीय सेग्मेन्टले नेतृत्व गरिरहेको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया