Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगअन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस र नेपाल

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस र नेपाल


काठमाडौं ।
प्रत्येक वर्षको डिसेम्बर ७ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाईन्छ । विश्वभरका नागरिक उड्डयन विभागहरूले एकै स्वरमा नागरिक उड्डयन सुरक्षा र व्यवस्थापनका लागि आवाजहरू उठाउने गर्दछन् । मूलतः सन् १९९४ मा अन्तराष्ट्रिय नागरिक उड्डयन संस्थाको ५० औं वार्षिकोत्सव मनाउन यस दिवस मनाउन शुरु गरिएको हो । यसरी संयुक्त राष्ट्रसंघको महासभाले पनि डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका रूपमा मान्यता दिएको छ । कुनै पनि देश र क्षेत्रको विकासमा उड्डयन सुविधाको महत्वूर्ण भूमीका हुन्छ । विकासका पूर्वाधारहरूको स्थापना गर्न, आवतजावत गर्न, सेवा सुविधाको पहुँच बढाउन, पर्यटन संभावनाको विकास गर्न, विपत् व्यवस्थापन गर्न र दूर्गमका बिरामीहरूलाई समयमै उपचारका लागि अस्पतालसम्म समयमैं पु¥याउन उड्डयनको मूलभूत भूमिकाहरू हुन । सन् १९५७ मा नेपालमा पनि नागरिक उड्डयन प्राधिकरणको स्थापना भएको हो ।

राइट दाजुभाइले पहिलो पटक विमानको प्रदर्शन गरेर गाउँलेहरूलाई देखाउँदा यस यन्त्रले विश्व बजारको महत्वपूर्ण स्थान लिनेछ भन्ने कुरा कसैले सोचेका थिएनन् होला । तर, त्यही यन्त्र विकसित हुँदै जाँदा अहिले प्रत्येक वर्ष करोडौंभन्दा बढी व्यक्ति जहाजमा उड्ने गर्छन् । यसको साथसाथै विज्ञानको विकासले क्रमशः फड्को मार्दै जाँदा विकासको अग्रगतिसँगसँगै विश्वले नयाँ–नयाँ यन्त्र र उपकरणहरू देख्न थाल्यो । त्यस्ता यन्त्रहरूमध्ये एउटा आश्चर्यजनक यन्त्र वायुयान थियो । वायुयानको प्रारम्भ भएपछि नै विश्वमा हवाई यातायातको विकास हुन थालेको हो । वायुयानले गर्ने उडानसेवालाई वायुसेवा भनियो । विकासका क्रममा वायुसेवाले आफ्नो महत्वपूर्ण यान्त्रिक क्षमतालाई बढाउँदै लगेको छ र परिष्कृत एवं परिमार्जित गराउँदै अहिले वायुसेवा उच्चस्तरमा पुगिसकेको छ । अत्याधुनिक प्रविधिहरू यस क्षेत्रमा अझै भित्रिइरहेका छन् ।

पर्यटन व्यवसायका लागि सबैभन्दा ठूलो वरदान बनेको वायुसेवाले विश्वलाई नै एउटा सानो गाउँमा परिणत गराउन अहम् भूमिका खेलेको छ । यसैले गर्दा विश्वमा हवाइ यात्राहरूको संख्यामा क्रमशः बढोत्तरी भइरहेको छ । अहिले प्रत्येक वर्ष नौ सय ५० लाखभन्दा बढी व्यक्तिले आन्तरिक हवाइ यात्रा गरिरहेका छन् । संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई नहुने साधन भनेको यातायात नै हो । यातायातविना समुचित विकासको कल्पना नै गर्न सकिँदैन । यातायातको असुविधाकै कारणले गर्दा पहाडी राष्ट्रहरूमा विकासको गति अत्यन्त मन्द हुन्छ । यस्ता राष्ट्रहरूमा यातायातका स्थलसाधनहरू विकट पहाडी क्षेत्रहरूमा पु-याउन अत्यन्त कठिन र जोखिमपूर्ण हुन्छ । त्यसैले त्यस्ता क्षेत्रहरूमा हवाइ साधनको व्यवस्था गर्नु आवश्यक पर्दछ । तर हवाइसाधनको व्यवस्था गर्नु पनि महँगो पर्दछ । नियमित उडान गराउन विविध समस्याका कारणले गर्दा अत्यन्त कठिन हुने भए पनि त्यस्ता राष्ट्रहरूमा स्थल यातायातभन्दा हवाइ यातायात नै चाँडै व्यवस्था गर्न सकिन्छ ।

अहिले विश्व नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित भएकोे अवस्थामा समेत विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउन तथा देशमा रहेका विदेशी नागरिकलाई उनीहरूको देशमा पु-याउन हवाइ सेवा सञ्चालन गरिएको निगमले बताएको छ । देशको अर्थतन्त्रमा पर्यटन क्षेत्रको उल्लेख्य योगदान रहँदै आएको उल्लेख गर्दै निगमले भविष्यमा पनि यसले निरन्तरता पाउने बताएको छ । यसरी नै विभिन्न आरोह अवरोह पार गर्दै आए पनि अहिलेको जस्तो असाधारण अवस्थाको सामना गर्नु नपरेको उल्लेख गर्दै निगमले कोरोना प्रकोपबाट विश्व बाहिरिन सक्ने विश्वासका साथ वर्तमान चुनौतीलाई अवसरको रूपमा बदल्नेतर्फ निगमकोे प्रयास परिलक्षित रहने विश्वास व्यक्त गरेको छ । उडानहरू नियमित हुन थालेसँगै निगम उच्च व्यवस्थापन र यसका दक्ष अनुभवी जनशक्तिको सामूहिक प्रयासमा अग्रगति दिन सफल हुने विश्वास लिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

हाम्रो देशको कुरा गर्ने हो भने आन्तरिक वायुसेवाहरूमा क्रमशः बुद्ध एयर प्रालि लिमिटेड, नेपाल एयरलायन्स कर्पोरेसन, सौर्य एयरलायन्स, श्री एयरलायन्स, सिमरिक एयरलायन्स प्रा.लि, सीता एयर, शिखर सम्मेलन एयर, तारा एयर र यती एयर प्रालिहरू रहेका छन् । त्यस्तै गरी अन्तर्राष्ट्रिय वायुसेवाहरूमा एयर अरेयिबा, एयर चीन, एयर इण्डिया लिमिटेड, विमान बंगलादेश एयरलायन्स, बुद्ध एयर प्रालि, क्याथे ड्र्यागन, चीन पूर्वी एयरलायन्स, चीन दक्षिणी एयरलायन्स, दुर्व्य उड्डयन निगम (दुर्व्य उडान), ड्रुक एयर (रोयल भुटान एयरलायन्स), इतिहाद एयरवेज, हिमालय एयरलायन्स, इन्टरग्लोब एविएसन लिमिटेड (इंडिगो), जर्जिरा एयरवेज, कोरियाली एयर, मलेसिया एयरलायन्स, मालिन्डो एयर, नेपाल एयरलायन्स कर्पाेरेसन, ओमान एयर, कतार एयरवेज, सलाम एयर, सिचुआन एयरलायन्स, रेशम एयर (सिंगापुर) निजी लिमिटेड, स्पाइस जेट, टाशी एयर प्रालि (भुटान एयरलायन्स), टाटा एसआईए एयरलायन्स लिमिटेड (भिस्तारा), थाई एयरवेज अन्तर्राष्ट्रिय, थाई शेर एयर, तिब्बत एयरलायन्स कम्पनी लिमिटेड र टर्की एयरवेजहरू रहेका छन् ।

त्यसरी मुलुकमा पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्नको लागि एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल मात्र रहेकोमा यसले धान्न नस्कने स्थितिलाई मध्यनजर गरी देशका विभिन्न क्षेत्रहरूमा भैरहवा, लुम्विनी, पोखरा, निजगढ आदि स्थानहरूमा अन्तर्राष्ट्रिय विमानस्थलहरू निर्माणाधिन रूपमा रहेका छन् । यसरी नै देशमा हालसम्म देशभर ४३ वटा आन्तरिक विमानस्थलहरू रहेका छन् । सन् १९९० को दशकदेखि हवाईयात्राको संख्या विश्वमा नै बढिरहेको छ । हवाईयात्रीको संख्या बढेपछि सडकयात्राको संख्याचाहिँ घटिरहेको छ ।

सडकयात्राले भन्दा हवाईयात्राले पर्यटकलाई बढी सुविधा दिएका कारण यस्तो भएको हुन सक्छ । हवाईयात्राको प्रतिशत लगातार बढिरहेझैँ सडकयात्राको प्रतिशतचाहिँ लगातार घटिरहेछ । हवाइ यातायातका क्षेत्रमा यो शुभ संकेत हो । युरोपबाहेक अरू सबै क्षेत्रको पर्यटक–परिवहनमा हवाई यातायातको प्रयोग ५० प्रतिशतभन्दा बढी नै हुने गरेको छ । विश्वभरका कुल १ दशमलव ५ अर्ब पर्यटकहरूले हवाइ यातायातमार्फत आफ्नो यात्रा तय गर्ने गरेका छन् । उता एसिया र प्रशान्त क्षेत्रका हवाइ सेवाहरूले आफ्नो परिवहन क्षमता झन्डै १० प्रतिशतले बढाएका छन् । यिनलाई ८० प्रतिशतको विश्वव्यापी अनुमानको भन्दा अलि बढी नै अर्थात् ८५ प्रतिशत यात्राभार प्राप्त भइरहेको छ ।

समग्रमा भन्नुपर्दा विश्वको हवाइ यातायातको विकासको क्रमसँगसँगै हवाइ यात्राको लागत कम गर्ने पद्धतितिर पनि ध्यान दिन थालिएको छ । अतः वायुसेवाले विश्वलाई साँघुरो पार्दै लगेको छ । वायुसेवाकै कारणले पर्यटनलगायत सबै मुख्य बजारले उच्च वृद्धि हासिल गरेका छन् । वायुसेवाकै कारणले चीन, हङकङ, इटाली र जर्मनीले आफ्ना उत्पादनहरू दोब्बरकै संख्यामा वृद्धि गरिसकेका छन् ।

विश्व–पर्यटन बजारको आम्दानीमा वृद्धि भई आठ सय अर्ब डलरको हाराहारीमा पुगिसकेको छ । दक्षिण एसियाले कुल आम्दानीको एक प्रतिशत मात्र पाउनसके पनि यसबाट युरोप र अमेरिकाको आम्दानीमा मनग्गे वृद्धि भएको छ । चीनले पनि उल्लेखनीय वृद्धिको अभिलेख राखिसकेको छ । मुलुकले पनि वायुसेवाबाट आयआर्जन गर्ने त गरिरहेको छ, तर कमिसनतन्त्र, राजनीतिक द्वन्द्व, राजनीतिक हस्तक्षेप र समुचित व्यवस्थापनको अभावका कारणले गर्दा अपेक्षित लाभ लिन सकिरहेको छैन । विदेशी पर्यटकको संख्यामा गिरावट आई भारतबाट राष्ट्रमा आउने पर्यटकमा समेत प्रशस्त संख्यामा कमी आइदिएकाले पनि देशलाई केही समस्या देखापरेको छ । अहिले न्यूनतम डलर मात्र पर्यटन व्यवसायबाट राष्ट्रले आम्दानी गर्नेगरेको छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया