युनिसेफद्वारा २०२१ का लागि ६ अर्ब ४० करोड डलर बजेट अनुरोध
संयुक्त राष्ट्रसंघ ।
संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले आगामी वर्ष सन् २०२१ का लागि ६ अर्ब ४० करोड अमेरिकी डलर बजेट आवश्यक पर्ने जनाएको छ । सिन्ह्वाका अनुसार युनिसेफले आफूले सञ्चालन गरेको आपत्कालीन कोष व्यवस्थाबाट १ करोड ९० लाख बालबालिकासहित कुल ३० करोड व्यक्तिलाई आपत्कालीन सहयोग गर्न उक्त रकम आवश्यक पर्नेछ । यो रकमका लागि दातृनिकायसमक्ष अपिल गरिएको युनिसेफको प्रधान कार्यालयले जनाएको छ । युनिसेफले माग गरेको उक्त रकम चालू वर्षभन्दा ३५ प्रतिशत बढी हो । युनिसेफद्वारा जारी वक्तव्यमा कोभिड–१९ महामारीका कारण अतिजोखिममा परेका समुदाय खासगरी महिला र बालबालिकालाई मानवीय सहायता उपलब्ध गराउन उक्त रकम जरुरी रहेको उल्लेख छ ।
युनिसेफका कार्यकारी निर्देशक हेनरिटा फोडले महाविनाशकारी कोभिड–१९ महामारीसँगै द्वन्द्व, जलवायु परिवर्तन, विपद र विस्थापनका कारण त्यसबाट बालबालिकामाथि पर्ने प्रभाव भयावह हुने बताएका छन् । उनले भने, ‘आज कोभिड–१९ का कारण बाल अधिकारमाथि चुनौतीहरु खडा भएका छन् । उनीहरु स्वास्थ्य र अन्य कल्याणका कार्यबाट विमुख हुनु पर्ने अवस्था छ ।’
यस अभूतपूर्व परिस्थितिमा अभूतपूर्व प्रतिक्रिया जरुरी हुने बताउँदै उनले यस घडीमा सबै दातृनिकायलाई बालबालिकाको समुन्नत भविष्यका लागि अझ बढी एकताबद्ध भएर हातेमालो गर्न आह्वान गरेका छन् । बालबालिकाका लागि अहिले नियमित खोप अभियान ६० भन्दा बढी मुलुकमा अबरुद्ध भएको छ । कोभिड–१९ का कारण विद्यालयहरु बन्द भएका कारण झण्डै २५ करोडभन्दा बढी बालबालिका शिक्षाको अवसरबाट वञ्चित भइरहेका छन् । युनिसेफले आर्थिक अस्थिरताले अत्यावश्यकीय सेवामा असर परेको तथा धेरै परिवारलाई आफ्ना अति जरुरी कुराहरु पूरा गर्न कठिनाइ भएको तथा लैंगिक हिंसाका घटना बढेको पनि जनाएको छ । साथै, यसै वर्ष नयाँ मानवीय संकट पनि उत्पन्न भएको युनिसेफको भनाइ छ ।
अफ्रिकी मुलुक इथियोपियाको टिग्रे क्षेत्रमा उत्पन्न द्वन्द्वका कारण २८ लाखभन्दा बढी नागरिकलाई अत्यावश्यक सेवा आवश्यक भइसकेको छ । मोजाम्बिकको काबो डेलगाडो प्रान्तमा १ लाख ९१ हजार बालबालिका समेत ४ लाख २५ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । यहाँ व्यक्ति हत्या, अपहरण, सैनिक सेवामा जबर्जस्ती भर्ना तथा बालसैन्यका रुपमा बालबालिकालाई प्रयोग गरिएको युनिसेफको भनाइ छ ।
जलवायुसँग सम्बन्धित विपद विगत ३० वर्षमा तीन गुणा बढेको छ । यसबाट खाद्य सुरक्षामा चुनौती थपिएको, पानीको स्रोत घटेको तथा मानिसलाई अन्य पलायन हुन बाध्य पार्नुका साथै द्वन्द्व र सार्वजनिक स्वास्थ्यको जोखिम बढाएको छ । ठूल्ठुला आँधीले मध्यअमेरिकी मुलुकमा ठूलो क्षति पुगेको र त्यसबाट जोखिममा रहेका समुदायको संख्या बढाएको छ । यहाँ झण्डै २६ लाख बालबालिकालाई असर परेको छ । पूर्वी एसियाका फिलिपिन्स, भियतनाम र कम्बोडिया समेतका मुलुकका १ करोड ३४ लाख बालबालिका प्रभावित भएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया