सानिमा बैंकको ‘कर्पोरेट–पे’ प्रणाली
काठमाडौं ।
सानिमा बैंक लिमिटेडले कर्पोरेट–पे प्रणालीको थालनी गरेको छ । बैंकले आफ्ना व्यावसायिक ग्राहकहरूका लागि बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी पहिलो पटक कर्पोरेट–पे प्रणालीमार्फत सुरु गरेको हो । कर्पोरेट–पे सोलुसन नेपाल क्लियरिङ हाउसद्वारा प्रवर्द्धित बैंकिङ कारेबार गर्ने विद्युतीय माध्यम हो ।
बैंकले आफ्ना व्यावसायिक ग्राहकहरूलाई प्रदान गरेको उक्त डिजिटल भुक्तानी प्रणालीमार्फत कर्मचारीलाई तलब भुक्तानी, तेस्रो पक्षलाई भुक्तानी, सरकारी राजस्व भुक्तानीलगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरू बैंक खाताबाट सजिलै गर्न सक्नेछन् । उक्त प्रणालीमार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल आईपीएसमा रियलटाइम वा ननरियलटाइममा भुक्तानी गर्न सक्नेछन् ।
कर्पोरेट–पेमा आबद्ध हुनका लागि व्यावसायिक ग्राहकले आवश्यक प्रक्रिया पूरा गरी आफैँले तोकेको कारोबार सीमाभित्र कुनै पनि भुक्तानीहरू बैंकको प्रत्यक्ष संलग्नताविना नै गर्न सक्दछन् । यस प्रणालीमा मल्टी लेयर अथेन्टीकेसनको सुरक्षित व्यवस्था गरिएको छ । कुनै पनि कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैँले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरूले मात्र प्रयोग गर्न पाउनेछन् ।
डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै आएको बैंकले यस प्रणालीेको थालनीलाई एक महत्वपूर्ण कदमको रूपमा समेत लिएको छ । बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटीएम सञ्चालनमा रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया