Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमितेरी डेभलपमेन्ट बैंकको लाभांश १५ दशमलव ७९ प्रतिशत

मितेरी डेभलपमेन्ट बैंकको लाभांश १५ दशमलव ७९ प्रतिशत


काठमाडौं ।
मितेरी डेभलपमेन्ट बैंकले १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजी ६९ करोड ३३ लाख ७१ हजार दुुई सय ५० रुपैयाँमध्येबाट १५ प्रतिशतका दरले १० करोड ४० लाख पाँच हजार छ सय ८७ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।

उक्त बोनसमा लाग्ने कर प्रयोजनको लागि शून्य दशमलव ७९ प्रतिशतले हुुने ५४ लाख ७३ हजार नौ सय ८३ रुपैयाँबराबरको नगद लाभांश वितरण गरिने बैंकले जानकारी दिएको छ । लाभांश वितरणका सम्बन्धमा सञ्चालक समितिको यही मंसिर १९ गते बसेको दुई सय एकौं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया