काठमाडौं ।
कोरोनाविरुद्धको खोप यतिबेला संसारका मानिसले सास रोकेर प्रतीक्षा गरेका विषय हो । संसारभरि कहाँ कस्तो शासन चलिरहेको छ त्यसका शासक कस्ता छन् र तिनले आफ्ना नागरिकलाई भैपरी आउँदा कस्तो सहयोग गर्छन् वा त्यस्तो सहयोग गर्न उनीहरू दायित्व मान्छन् कि शासक भएर कृपा गरेजस्तो ठान्छन् भन्ने एउटा परीक्षा र प्रतीक्षाको पनि विषय बनिरहेको छ ।
यद्यपि खोप आइसकेको छैन तर तर आउने कुरा भने निश्चित भयो । तर मात्रा कम भएका कारण यसको उपलब्धता कुनै पनि देशको सरकारको सक्रियतामा भरपर्ने अवस्था छ । यतिबेला प्रत्येक देशका नागरिक आफ्नो देशले गरेको पहलको अवस्थाको नजिकबाटै अवलोकन गरिरहेका छन् । त्यो ठाउँमा नेपाल कहाँ छ भन्ने जिज्ञासा नेपालीमा पनि रहनु स्वाभाविकै हो । यो खोप एउटा सामान्य कुरा होइन । नागरिकरको जीवनमरणसँग जोडिएको छ । यसमा यो वा त्यो बहानामा केही दिन ढिलाइ भयो भने त्यसले पु-याउने क्षति अपूरणीय हुनेछ ।
नेपाली जनताले यतिबेला किन बढी चासो देखाएका छन् भने कोरानाविरुद्धका कार्यमा सरकार ठाउँ–ठाउँमा चुकेको छ । कतिपयको अकालमा ज्यानसमेत पनि गएको छ । कोरोनाविरुद्ध संसारले चलाएको औषधिलाई लामो समयसम्म अनुमति नदिँदा जनताले धेरै समस्या भोग्नुपरेको थियो । सक्नेले त्यही औषधि खाएर जीवन जोगाएको भन्ने जानकारी दिइरहँदा पनि त्यही प्रकृतिको रोगमा त्यही औषधि नपाउँदा साधारण नागरिकका ज्यान गइरहेको अनुभव छन् आम नेपालीमा । त्यसले अब खोपमा पनि त्यस्तै हुन्छ कि भन्ने भय पसेको छ । यतिबेलासम्म सरकारले भरपर्दो रुपमा खोप प्राप्त गर्नेतर्फ पहल गरेको भन्ने देखिएको छैन ।
विश्वका धेरैजसो देशहरूले आफ्ना नागरिकका लागि सकेसम्म कोरोनाविरुद्धको खोप खरिद गर्न उत्पादक कम्पनीसँग प्रक्रिया सुरु गरेर अग्रीम भुक्तानीसमेत दिइरहेका भन्ने समाचार आइरहेका छन् । तर देश नेपालका तर्फबाट भने यस्तोबेलामा पनि कसले अनुदन दिन्छ भनेर हात थाप्ने ठाउँ खोजिरहेको छन् । यसले नागरिकलाई झन्झन् निराशा बनाइरहेको छ । अरु देशले अग्रीम भुक्तानी पठाउँदा हाम्रो सरकारले खोप आफैँ किन्ने वा निजीलाई जिम्मा दिने भन्नेसम्म तय गर्न सकेको देखिएन । यहीबीचमा प्राप्त भएका खोप राख्न समेत भण्डारणगृह निर्माणको काममा नै तीन/चार महिना लाग्ने भन्ने सरकारी तहबाट जानकारी आउँदा त स्थिति झनै डरलाग्दो बन्ने अवस्था देखिएको छ ।
सरकार अहिले विश्व स्वास्थ्य संगठनले उपलब्ध गराउने खोपमा निर्भर परेको जस्तो देखियो । यो संस्था पनि आफैँ खोप उत्पादक होइन । उत्पादन गर्नेहरूबाट यसले प्राप्त गर्ने केही प्रतिशत गरिबहरूका लागि दामासाही वितरण गर्ने मात्रै हो । त्यही अवस्थामा यो संस्थाले २०२१ को पहिलो तीन महिनामा विश्वका ५० करोड व्यक्तिलाई खोप दिने जनाएको छ । डब्लूएचओले पहिलो चरणमा विश्वका करिब २० प्रतिशत मानिसलाई खोप उपलब्ध गराउने भनेको छ । त्यसमा नेपालको भागमा कति पर्ने हो र त्यो कहिले प्राप्त हुने हो भन्ने निश्चित गरेर बाँकीको जोहो आफैँ गर्ने हो । लामो समयदेखिको यो प्रतीक्षाको घडी सकिन लाग्दा जनताको भावनामाथि खेलबाड गर्नचाहिँ गर्नु हुँदैन । यो कुराको हेक्का राखेर उपलब्धताको पहल थालियोस् ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया