Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनले ट्रिपएडभाइजरसहित १०५ एपमा प्रतिबन्ध लगायो

चीनले ट्रिपएडभाइजरसहित १०५ एपमा प्रतिबन्ध लगायो


बेइजिड. ।
चीनले आफ्नो एप स्टोरबाट १०५ वटा एप हटाएको छ । यौनिक, वेश्यावृत्ति, लुटपाट र हिंसाजन्य विषयवस्तुबाट छुट्कारा पाउन भन्दै बेइजिङले ती एपमाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ । प्रतिबन्धित एपहरुमध्ये अधिकांश चिनियाँ रहे पनि यो सूचीमा यात्रासम्बन्धी जानकारी दिने ट्रिपएडभाइजर पनि परेको छ ।

साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइनाका अनुसार ती सबै एपले तीन साइबर कानुनमध्ये एउटा कानुन उल्लंघन गरेका छन् । यद्यपि उसले विस्तृतमा यसबारे खुलाएको छैन । टिकटकमाथि प्रतिबन्ध लगाउने अमेरिकी सरकारको निर्णयविरुद्ध दोस्रो अमेरिकी अदालतले फैसला गरेको बेला चीनको यस्तो निर्णय बाहिरिएको हो ।

अमेरिकी जिल्ला न्यायाधीश कार्ल निकोलसले राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो अधिकार मिचेर चिनियाँ भिडियो सेयरिङ एपमाथि प्रतिबन्ध लगाएको ठहर गरेका थिए । टिकटकको पक्षमा फैसला गर्ने कार्ल दोस्रो न्यायाधीश हुन् । चीनले प्रतिबन्ध गरेका अधिकांश एप घरेलु भए पनि ट्रिपएडभाइजरलाई यो सूचीमा राखिनुलाई चासोसाथ हेरिएको छ । बितेका महिनामा चीन र अमेरिकाबीच साइबर स्पेसलाई लिएर तनाव हुँदै आएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया