Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकद्वारा औषधि उपचार बीमा भुक्तानी

सानिमा बैंकद्वारा औषधि उपचार बीमा भुक्तानी


काठमाडौं ।
सानिमा बैंकले आफ्ना बचतकर्ताहरूका लागि ल्याएको दीर्घायु बचत योजनाअन्तर्गत बैंकका बचतकर्ता यादव श्रेष्ठलाई औषधि उपचार बीमादाबी रकम भुक्तानी गरेको छ । बैंकका अनुसार बैंकको न्यूरोड शाखामा दीर्घायु बचत खाता खोलेका काठमाडौँं निवासी यादव श्रेष्ठले ४७ हजार दुई सय ३० रुपैयाँको औषधि उपचार बीमा भुक्तानी पाएका हुन् । सानिमा बैंकको प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईंले सुस्वस्थ्य र दीर्घायुको कामना गर्दै उक्त चेक यादव श्रेष्ठलाई हस्तान्तरण गरेका हुुन् ।

दीर्घायु बचत योजनामा ग्राहकहरूले वार्षिक पाँच हजारको निःशुल्क स्वास्थ्य परीक्षण सुविधा, पाँच हजारसम्मको ओपीडी भुक्तानी शुल्कसहित ५० हजार रुपैयाँसम्मको औषधि उपचार बीमा (नेपाल र भारतमा गरिने उपचारमा), १० लाखको दुर्घटना बीमा र तीन लाखको छ घातक रोगहरूको बीमा सुविधा पाउन सक्नेछन् । श्रेष्ठलाई सिद्धार्थ इन्स्योरेन्सको सहकार्यमा बीमा रकम भुक्तानी गरिएको हो । बैंकको हाल सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर ८१ वटा एटीएम सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया