Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसहकारीलाई कृषि सामग्रीहरू हस्तान्तरण

सहकारीलाई कृषि सामग्रीहरू हस्तान्तरण


स्याड.जा ।
पुतलीबजार नगरपालिकाले नवज्योति कृषि सहकारीलाई कृषि सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाले सहकारीलाई कस्टम हायरिङ सेन्टरअन्तर्गत विभिन्न सामग्रीहरू हस्तान्तरण गरेको हो । सामग्री हस्तान्तरण गर्दै पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले कोरोनाका कारण रोजगारी गुमेका युवाहरूलाई कृषि सामग्री वितरण गर्ने कार्यक्रमअन्तर्गत कृषि सामग्री वितरण गरेको जानकारी दिइन् । नगरप्रमुख क्षेत्रीले पुतलीबजार नगरपालिकाले कृषिमा धेरै काम गरेको बताउँदै पुतलीबजार कृषि क्षेत्रमा आत्मनिर्भर हुन सक्ने बताइन् ।

क्षेत्रीले सहकारीलाई उद्देश्य पूरा गर्न अनुरोध गर्दै पुतलीबजार नगरपालिकाले अझै कृषिमा लगानी गर्ने बताइन् । कार्यक्रममा थे्रसर, चेन्स, डिगर मेसिन, स्पेअर र ठेला गाडासहित नौ प्रकारका सामग्री हस्तान्तरण गरिएको थियो । सामग्री बुझ्दै सहकारीका अध्यक्ष हिलबहादुर रानामगरले सामग्रीहरूको सही सदुपयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

पुतलीबजार नगरपालिका र यूएनडीपीको आर्थिक सहयोग र सूर्याेदय क्लब बोडखोलाको व्यवस्थापनमा सञ्चालित कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजनाअन्तरर्गत सामग्री हस्तान्तरण गरिएको हो । पुतलीबजार नगरपालिकाले पछिल्लो समयमा कृषकहरूलाई आवश्यकताअनुसार सामग्री वितरण गर्दै आएको छ । कृषकहरूले उत्पादन गरेका कृषि उत्पादनहरू पालिकाकाले बिक्रीवितरण गर्ने व्यवस्था मिलाइने जनाएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया