Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएड ट्र्याकिङ कुकिजका कारण गुगललाई फ्रान्समा ९ करोड पाउन्ड जरिवाना

एड ट्र्याकिङ कुकिजका कारण गुगललाई फ्रान्समा ९ करोड पाउन्ड जरिवाना


लन्डन ।
नियम उल्लङ्घन गरेपछि फ्रान्समा गुगललाई १० करोड युरो जरिवाना गराइएको छ । गुगलले एड ट्र्याकिङ कुकिज प्रयोग गरेको भन्दै उक्त जरिवाना तिराइन लागेको हो । फ्रान्सको डेटा प्राइभेसी वाचडग सीएनआईएलले गरेको यो अहिलेसम्मकै ठूलो जरिवाना हो ।

यस्तै नियम उल्लंघन गर्दा अमेरिकी अनलाइन बिक्रेता अमेजनलाई साढे ३ करोड युरो जरिवाना तिराइएको थियो । सीएलआईएलले गुगल र अमेजनले कुकिज उपभोक्ताको कम्प्युटरमा सेभ नभएसम्म यी दुई कम्पनीको फ्रान्सेली वेबसाइट भिजिट नगरेको बताएको छ । अनलाइन ट्र्याकर कसरी प्रयोग भइरहेको छ भन्ने यी दुवै कम्पनीले राम्ररी खुलाउन नसकेपछि उक्त जरिवाना तिराइएको बताइएको छ ।

सीएनआईएलले कम्पनीहरुलाई आफ्नो वेबसाइटमा राखिएको सूचनासम्बन्धी ब्यानर डिस्प्ले परिवर्तन गर्न तीन महिनाको समय दिएको छ । यदि यो आदेश कम्पनीहरुले नमानेमा प्रतिदिनकै १ लाख युरो जरिवाना तिराउने बताएको छ । तर कम्पनीहरुले भने आफूहरुले गलत नगरेको भन्दै बचाउ गरेका छन् । अमेजनले सीएनआईएलले लिएको निर्णय गलत भएको बताएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया