कृषि उपजको लागि बजार
काठमाडौं ।
कृषि क्षेत्र नेपाली अर्थतन्त्रको आधारशीलाको रूपमा रहेको छ । मुलुकको करिब ६६ प्रतिशत जनता अझै पनि कृषिमा नै आश्रित छन् । यसको योगदान अझैं पनि देशको कुल गार्हस्थ्य उत्पादनमा ३३ प्रतिशत रहेको छ । मूलतः कृषि क्षेत्रको विकास नै दिगो आर्थिक विकास र बहुसंख्यक नेपालीहरूको आय तथा रोजगारीको आधारस्तम्भ भएकाले उपलब्ध स्रोत र साधनको आधारमा विगतका आवधिक योजनाहरूदेखि नै यस क्षेत्रलाई उच्च प्राथमिकता दिँदै आइएको छ । तसर्थ नगदेवालीको उत्पादन र उपभोगमा उल्लेखनीय वृद्धि भएको छ ।
सामान्य अर्थमा बजार भन्नाले त्यस्तो ठाउँ हो जहाँ वस्तु वा सेवाहरूको खरिद तथा बिक्री हुने गर्दछ । बजारको परिभाषाले त्यस्तो स्थान भन्ने जनाउँदछ जहाँ क्रेता र बिक्रेताले एक अर्कालाई भेटेर वस्तु वा सेवाको खरिदबिक्री गर्दछन् र स्वामित्वको हस्तान्तरण गर्दछन् । बजारले वस्तु तथा सेवाको विनिमय गर्ने, बस्तु तथा सेवा संग्रह गर्ने, उपभोक्ताका लागि थरिथरिका बस्तु सजिलै उपलब्ध गराउने, खाद्य पदार्थको गुणस्तरमा सुधार गर्ने र उत्पादनपछि हुने क्षतिमा न्यूनीकरण गर्नेजस्ता कार्यहरू गर्दछ । व्यावसायिक कृषि उत्पादन वृद्धि गर्न कृषि बजारको अहम् भूमिका रहेको हुन्छ ।
कृषि बजार सञ्चालनका लागि कृषि बजारसित सम्बन्धित बजारका पूर्वाधारहरूको निर्माण हुनु पनि त्यत्तिकै आवश्यक हुन्छ । हाम्रोजस्तो देशमा विभिन्न पञ्चवर्षीय योजनाकालमा कृषि क्षेत्रको उत्पादनमा मात्रै विशेष जोड दिइयो भने यसको बजार विकासको क्षेत्रलाई गौण रूपमा हेरियो जस्को कारण आज विभिन्न फलफूल तथा तरकारी पकेट क्षेत्रहरू जस्तैः मुस्ताङ, जुम्ला, डोल्पा आदि ठाउँका स्याउ उत्पादक कृषकहरू बजार पूर्वाधार को कमीले गर्दा आफूले लगाएका फलफूलका बिरुवाहरू नष्ट गर्न समेत पुगेका छन् ।
त्यसरी नै खाद्य तथा कृषि संगठनको परिभाषाअनुसार बजार सूचना प्रायशः सरकारी क्षेत्रबाट सञ्चालित सेवा हो । जसमा नियमितरूपमा मूल्यसम्बन्धी जानकारी र केही हदसम्म उल्लेखरूपमा ग्रामिण संकलन केन्द्र, थोक बजार तथा खुद्रा बजारहरूबाट कारोबार भएका वस्तुहरूको परिमाण नियमितरूपमा संकलन गर्ने तथा यी सूचनाहरूलाई विभिन्न सञ्चार माध्यमहरूद्वारा कृषक, व्यापारी, सरकारी निकायहरू, नीति निर्माताहरू र अन्य क्षेत्रहरूलाई समयमै नियमितरूपमा पठाउने कार्यहरू समावेश हुन्छन् ।
कृषि बजार प्रणालीमा समयानुकूल परिवर्तन गर्नका लागि उपयुक्त विषय र समस्याहरूलाई उचित प्रकारले सम्बोधन र समाधान गरिनु पर्दछ । बजार प्रणालीमा गरिने यस प्रकारको सुधारले उपभोक्ताको हितका साथै उचित मूल्यमा वस्तुको निमित आपूर्तिलाई समेत सुनिश्चित गर्दछ । यसबाट व्यावसायिक कृषि उत्पादनमा संलग्न किसानहरूले आफ्नै उत्पादनको उचित मूल्य पाउनुका साथै बजारको सुनिश्चितताले गर्दा उत्पादन वृद्धिमा समेत निरन्तरता रहेन गर्दछ । यसर्थ कृषि बजार सेवाले व्यवस्थित बजार क्रियाकलापहरू एवं सेवाहरूलाई जनाउँदछ ।
बजार सेवाभित्र कुनै वस्तु वा उपजको उत्पादन स्थलदेखि उपभोक्तासम्म पुग्ने क्रियाकलापका साथै बजारको लागि आवश्यक सूचना उपलव्ध गराउने कार्यहरू समेत पर्दछन् । यसैगरी व्यावसायिक कृषि उत्पादनका साथसाथै कृषि उपज बजार पूर्वाधार निर्माणसम्बन्धी माग पनि दिनप्रतिदिन बढ्ने क्रममा रहेको छ । तर बजार पूर्वाधारका लागि नेपाल सरकारबाट स्वीकृत मापदण्ड बिनाका बजारहरू अव्यवस्थितरूपले सञ्चालन भएका पाइन्छन् । यस्ता बजारहरू दीर्घकालसम्म सञ्चालनमा समेत आउन सकेका छैनन् ।
व्यवस्थितरूपमा सञ्चालन भएका कृषि बजारहरूले किसान तथा उपभोक्ताहरूलाई दीर्घकालसम्म सेवा पु¥याएको पाइन्छ, र यस्ता बजारहरूले आ–आफ्नो ठाउँमा निरन्तरता समेत पाएको पाइन्छ । व्यवस्थित बजारमा उत्पादन योजना, बाली लिनु, केलाउनु वा सफा गर्नु, किसान थलोबाट ढुवानी गर्ने वा भण्डारण गर्ने, उपज ग्रेडिङ गर्ने, प्याकेजिङ साधनको खोजी, प्राप्ति र प्याकिङ, ओसारपसार र ढुवानी, भण्डारण, प्रशोधन तथा क्रेतासँग सम्पर्क, बजारको खोजी, बिक्रीवितरण, उत्पादनस्थल र बजारबीच दोहोरो पारदर्शी बजार सूचना आदान प्रदान गर्ने आदि कार्यहरू गर्दछ ।
समग्रमा भन्नुपर्दा कृषि क्षेत्रको विकासका लागि अनुसन्धान, प्रसार, खाद्य प्रविधि र गुणस्तर नियन्त्रण, गुणस्तरीय उत्पादन समग्री आपूर्ति तथा ग्रामीण पूर्वाधार निर्माण र संवर्द्धन सँगसँगै बजार विकास तथा व्यवसाय प्रवर्द्धन कार्यको समन्वयात्मक परिचालन हुन अत्यन्त जरुरी छ । विश्व बजारमा सन् १९६५ पछि अमेरिकालगायत युरोपियन देशहरूमा खडेरी, बाढी, पहिरो, भू–क्षय, मौसम परिवर्तन आदि कारणहरूले गर्दा खाद्यान्नको उत्पादनमा कमी आई मूल्य वृद्धि हुने कुरा सम्बन्धित क्षेत्रका विज्ञहरूले औंल्याएका थिए ।
हाम्रो देशमा पनि विभिन्न किसिमका प्राकृतिक घटनाहरू धेरै भएका छन् । जसले गर्दा धेरै नै धनजनको नोक्सान व्यर्होनु परेको छ । जसले गर्दा खाद्यान्नहरूदेखि लिएर विभिन्न भौतिक सम्पतिहरूको नष्ट भएको छ । त्यसै कारणले गर्दा हाम्रो देशमा पनि नेपाल राष्ट्र बैंकको सर्भेक्षणअनुसार यसवर्ष चार प्रतिशतभन्दा बढीले मूल्य वृद्धि भएको आँकडा प्रस्तुत गरेको छ ।
यस वर्ष पनि समयमा मल तथा बीउबिजन उपलब्ध नहुनु र कृषकहरूले धान रोप्ने बेलामा वर्षा भएको कारणले गर्दा धान र मकैजस्ता प्रमुख खाद्यान्न बालीहरूको उत्पादनमा केही प्रतिशतले हुने कुरा सम्बन्धित क्षेत्रका अधिकारीहरूले बताएका छन् । यसर्थ कुनै पनि देशका किसानहरूले बजार सूचनाका आधारमा नै आफ्नो उपजको बढी मूल्य पाउन सक्दछन् । यस्ता बजार सूचनाहरू कृषि प्रसार कार्यकर्ता, गैरसरकारी संस्था, योजना अधिकृतलगायतका व्यक्तिहरूले किसानहरूलाई उपलब्ध गराई सधाउ पु-याउन सक्दछन् । यस्ता सूचना पाएर कृषकहरूले थोक बजारमा लगेर बिक्री गर्दा उचित फाइदा लिन सकिन्छ भन्ने विषयमा सोच्न सक्दछन् ।
किसानहरूको व्यापारीसँग मोलमोलाई गर्ने क्षमता यस्ता बजार सूचनामा भर पर्दछ । विशेषतः थोक बजार, हाटबजार, संकलन केन्द्रमा धेरै व्यापारीहरू जम्मा भएभने मोलमोलाई धेरै गर्न सकिने संभावना रहन्छ । स्थानीय संकलन केन्द्र वा हाटबजारमा किनिएका कृषि उपजहरूको मूल्य उपभोक्तासँग धेरे तह पार गरेर आउनुपर्दा बढी हुने गर्दछ । यसमा किसानहरूले आफूले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच जे–जति फरक छ त्यसबारे पनि जानकारी लिएर उचित निर्णय लिन सक्दछन् । बजार सूचना दिने बजार प्रसार कार्यकर्ता/संस्था/व्यक्तिले किसानहरूलाई कुरा बुझाउन सक्नु पर्दछ । उदाहरणको लागि अनुमान गर्ने हो भने यदि टाढाको बजारमा कुनै वस्तुको मूल्य १५ रुपैयाँ छ र स्थानीय संकलन केन्द्रमा सोही वस्तुको किसानले १० पाउँछ भने त्यसबीचको मूल्य अन्तरलाई केलाएर ठीक÷बेठीक छुट्याउनु पर्दछ ।
यसर्थ कृषि बजार योजना तयार गरी उत्पादन गरेमा निश्चय पनि आफ्नो उत्पादनबाट चाहेजस्तो फाइदा लिन सकिन्छ । आज विकसित देशहरूले कम लगानी तथा कम श्रम गरेर कृषि क्षेत्रबाट अधिकभन्दा अधिक फाइदा लिएको हामी पाउँछौं । जबकि हाम्रोजस्तो अविकसित मुलुकहरूले बढी लगानी र बढी श्रम खर्च गरेर पनि नगन्यरूपमा नाफा लिएको हुन्छ । यो कृषि बजार योजनाको अभावले गर्दा नै हो भन्नुमा अतियुक्ति नहोला ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया