Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनाडा प्रतिनिधिमण्डल र नेपाल राष्ट्र बैंकका गभर्नरबीच छलफल

नाडा प्रतिनिधिमण्डल र नेपाल राष्ट्र बैंकका गभर्नरबीच छलफल


काठमाडौं,पुस १७
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका प्रतिनिधि मण्डल र नेपाल राष्ट्र बैंकका गभर्नर विच राष्ट्र बैकले जारी गरेको एकिकृत निर्देशन २०७६ को बारेमा छलफल भएको छ । नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ६ सदस्यीय नाडा प्रतिनिधि मण्डलले गभर्नर डा. चिरञ्जिवी नेपालसँग भेटी नेपाल राष्ट्र बैंकले गत पुस ८ गते ल्याएको क,ख,र ग बर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकिकृत निर्देशन २०७६ ले नेपालको समग्र अटोमोवाइल व्यवसायमा पारेको प्रभाव र त्यसको समाधानबारे छलफल गरेको हो ।

नाडा प्रतिनिधिमण्डलले मुलतः व्यक्तिलाई बैंक र वित्तीय निकायहरुले ऋण दिदा कूल आम्दानीेको ५० प्रतिशत मात्र ऋण दिन सकिने भन्ने सो एकिकृत निर्देशनको विषयमा जिज्ञासा राखेको थियो । छलफलमा गभर्नर नेपालले अटोमोवाइल क्षेत्रलाई नेपाल राष्ट्र बैंकले कहिले पनि अनुत्पादक क्षेत्रको रुपमा नलिएको भन्दै पछिल्लो निर्देशन सर्पोटिभ भएको बताए ।

नेपालको निर्यात बढन नसकेको मात्र नभई राजस्वको प्रमुख श्रोत नै वस्तुहरुको आयात भएको भन्दै उनले नेपालमा आउने रेमिट्यान्स समेत घटिरहेकोमा चिन्ता प्रकट गरे । सोही छलफलको क्रममा उनले अटोमोवाइल व्यवसायीहरुले सार्वजनिक सवारीसाधन, व्यक्तिगत रुपमा प्रयोग हुने सवारीसाधन र हेभी इक्विपमेन्ट गरी तीन किसिमबाट प्रस्तुत हुनु पर्ने सुझाव समेत दिए ।

व्यवसायी, बैंक तथा वित्तीय निकायहरुकै राय सझावहरुलाई मनन गर्दे यो निर्देशन ल्याइएको गभर्नर नेपालले बताए । उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत नाडाका निबर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल समेतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x