Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधटी–२० क्रिकेट ग्लोबल छनोटमा नेपालले सिधै प्रतिस्पर्धा गर्ने

टी–२० क्रिकेट ग्लोबल छनोटमा नेपालले सिधै प्रतिस्पर्धा गर्ने


काठमाडौं ।
नेपालले सन् २०२२ मा हुने टी २० विश्वकप क्रिकेटका लागि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अष्ट्रेलियामा हुने उक्त प्रतियोगिताका लागि छनोट प्रक्रियाको तालिका सार्वजनिक गरेको छ । नेपालसहित जिम्बावे, युनाइटेड अरब इमिरेट्स (यूएई) र सिङ्गापुरले सिधै ग्लोबल छनोट खेल्न पाउने आईसीसीले जनाएको छ । टी २० वरीयताका आधारमा नेपालसहित चार देशले सिधै ग्लोबल क्वालिफार खेल्न पाउनेछन् ।

ग्लोबल क्वालिफायरमा कुल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष चार टोलीले मात्र विश्वकपमा स्थान बनाउनेछन् । आईसीसीले सन् २०२० को अक्टोबरमा सुरु हुने टी २० विश्वकपका लागि चार चरणमा छनोट प्रतियोगिता गर्ने तालिका सार्वजनिक गरेको छ । पूर्वी एसिया र अफ्रिकाबाट एउटा तथा अमेरिका, युरोप र एसियाबाट दुई/दुई टोली ग्लोबल क्वालिफायरमा प्रवेश गर्नेछन् । ग्लोबल क्वालिफायरमा १६ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहका शीर्ष दुई/दुई टोली टी २० विश्वकप क्रिकेटका लागि छनोट हुने आईसीसीले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया