पञ्चनमा ‘लिफ्ट’ मार्फत खानेपानी पु-याइने
सोलुखुम्ब ।
सोलुखुम्बु जिल्लामा खानेपानीको चरम अभाव हुने क्षेत्रमध्ये पञ्चन पनि एक हो । साबिक पञ्चन गाविस तथा नजिकै खानेपानीको मुहानसमेत नभएको हुँदा त्यस क्षेत्रका नागरिकले सास्ती खेप्दै आएका छन् । त्यहाँका स्थानीयले खानेपानीकै लागि घण्टौँ हिँड्नुपर्ने र लाइन बस्नुपर्ने समस्या झेल्दै आएका छन् । खानेपानीको समस्या पञ्चनबासीको सदियौँदेखिको समस्याका रूपामा रहेको स्थानीय नविना राईको भनाई छ ।
तत्कालिन जिल्ला खानेपानीबाट थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १ नेलेको भित्तेखोलाबाट योजना सञ्चालन गरेपछि केही राहत महसुस गरेको भए पनि त्यसले पर्याप्त मात्रामा समस्या समाधान गर्न सकेको छैन । पहिलेको आयोजनाबाट पानीको समस्या समाधान नभएको अर्का स्थानीय नाराण पराजुलीले बताए । अहिलेको मुहान पञ्चनबाट टाढाको दूरीमा रहेकाले समस्या आइरने स्थायीनको भनाइ छ ।
आर्थिक वर्ष २०७४–०७५ मा जिल्ला खानेपानीले भित्तेखोला खानेपानी आयोजना सञ्चालन गरी करिब १३ किलोमिटर लामोदूरीमा रहेको पञ्चन भञ्ज्याङसम्म पानी पु¥याएको थियो । जुन खानेपानी आयोजनाबाट केही घरधुरीलाई मात्र समेटेको स्थानीयको गुनासो छ । खानेपानी कार्यालयका प्राविधिक सान्तराज राईका अनुसार पञ्चवर्षीय योजना भए पनि भित्तेखोला आयोजना संघीय कार्यक्रममा परेपछि थप काम अगाडि बढेको छैन । पञ्चन भञ्ज्याङसम्म खानेपानी पुगेपछि साबिक वडा नम्बर १ का स्थानीयको घण्टौं हिँड्नुपर्ने बाध्यताको अन्त्य भएपछि केही राहत महसुस भए पनि पर्याप्त मात्रामा पानीको प्रयोग गर्न नपाइएको अर्का स्थानीय इन्द्रमणि दाहालको भनाइ छ ।
स्थानीयको वर्षौँदेखिको खानेपानी समस्यालाई समाधान गर्नका लागि पञ्चनमा लिफ्ट प्रविधिमार्फत घर–घरमा खानेपानी पु-याइने भएको छ । प्रदेश १ सरकारको एक घर एक धारा कार्यक्रमका अनुसार थुलुङ दुधकोशी गाउँपालिकाको पञ्चनमा दुधकोशी नदिबाट पानी लिफ्ट गरी घरघरमा पु-याइने गाउँपालिका अध्यक्ष असिम राईले बताए ।
‘दुधकोशी नदीको पानीलाई सल्लाघारीमा निर्माण गरिने ट्यांकीमा खसालिन्छ ।’ गाउँपालिका अध्यक्ष राईले भने– ‘नागरिकको पहिलो आवश्यकताभित्र खानेपानी पर्छ, त्यसप्रति हामी गम्भीर छौँ, त्यसैले अब चाँडै घर–घरमा पानी पु-याउने गरी काम अगाडि बढ्छ ।’ उक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको अध्यक्ष राईले जानकारी दिए । सोहीअनुसार चालू आर्थिक वर्ष ०७७–०७८ भित्रै काम सुरु गर्ने बताइएको छ । प्रदेश सरकारको ११ करोड बजेटबाट खानेपानी योजना सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । उक्त आयोजनाबाट साबिक पञ्चन गाविस हालको थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर ३ मा रहेका करिब चार सय घरपरिवार लाभान्वित हुनेछन् ।
आयोजना सञ्चालन हुने भएपछि स्थानीय हर्षित भएका छन । एक घण्टाको उकालो बाटोमा खानेपानी बोक्नुपर्ने बाध्यतामा रहेकी पञ्चनकी नबीना राई लिफ्टिङ प्रणालीबाट घर–घरमा पानी आउने खबरपछि हर्षित भएकी छिन् । ‘पानी लिन जाँदा ओरालो बाटो ठीकै भए पनि आउँदा एक घण्टा उकालो चढ्नुपर्ने बाध्यता रहेको छ ।’ राइले सुनाइन्, ‘हाम्रो बाध्यतालाई ध्यानमा राखेर सरकारले अघि सारेको योजना प्रशंसायोग्य छ ।’ नबिना राईको जस्तो खानेपानीका लागि गाग्री बोकेर घण्टौ हिँड्नुपर्ने र लाइन बस्नुपर्ने बाध्यता पञ्चनका अधिकांश नागरिकको हो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक: वरिष्ठ उपाध्यक्ष पोखरेल
- पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख प्रकट
- राजकीय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने सरकारको निर्णय
- अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालकहरूविरुद्ध फौजदारी मुद्दा
- राष्ट्र बैंकले एक वर्षमा कमायो ७३ अर्ब ७६ करोड सरकारलाई ३७ अर्ब दिने
- ‘शंकास्पद कारोबारमा विद्यार्थीको संलग्नता बढी देखियो’
- मानव तस्करीमा राज्यका दुई विशिष्ट पदाधिकारी: एक जेलमा अर्का पदमा !
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया