हस्तकला प्रदर्शनीमा राजदूतदेखि मन्त्रीसम्म
काठमाडौं ।
हस्तकला दिवसको अवसरमा नेपाल हस्तकला महासंघद्वारा आयोजित हस्तकला प्रदर्शनीको मन्त्री, सांसद, राजदूतलगायले सोमबार अवलोकन गरेका छन् । महासंघका अनुसार कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री डा. शिवमाया तुम्वाहम्फे, वाग्मती प्रदेश सांसद राजेश शाक्य, शोभा शाक्य र नेपालस्थित पाकिस्तानी राजदूत सैयद हैदर शाह र काउन्सुलर एडनान जावेद खानले अवलोकन गरेका हुन् ।
नेपाल हस्तकला महासंघको ४८औं वार्षिकोत्सव नवौँ हस्तकला दिवसको अवसरमा ललितपुर हस्तकला संघले दीप प्रज्वलन गरेको छ । हस्तकला वर्ष उद्घाटनको अवसरमा ललितपुरको मंगलबजार मन्दिर परिसरमा दीप प्रज्वलन गरिएको संघका अध्यक्ष विश्राम सिंहले बताए । हस्तकला वर्षको अवसरमा संघले पनि महासंघसँगको सहकार्यका वार्षिकरुपमा हस्तकला प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए ।
यसैगरी महासंघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत गरेको छ । सोमबार हस्तकला महासंघ सचिवालयमा आयोजित स्वागत कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल,उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्यले सगुन दिएर स्वागत गर्दै सहकार्यमा जोड दिएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सत्ताइस वर्षदेखि खानेपानी योजना अधुरै
- मुख्यमन्त्री कार्की र स्विस राजदूतबीच भेटवार्ता
- कार्यसम्पादन कमजोर भएका संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय
- सौर्य विद्युत् परियोजनामा ग्लोबल आइएमई बैंकले कर्जा लगानी गर्ने
- २६ सय ३९ बिन्दुमा खुम्चियो शेयर बजार
- सात करोड लगानीमा सामाखुसी यातायातद्वारा १५ बस सञ्चालन
- खानेपानी मन्त्रालयको सय दिने कार्यप्रगति
- भारतको अटोमोबाइल निर्यात १४ प्रतिशत बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया