Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंकको २०औं वार्षिक साधारणसभा

कुमारी बैंकको २०औं वार्षिक साधारणसभा


काठमाडौं ।
कुमारी बैंक लिमिटेडको २०औंं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष अमीरप्रताप जबराको अध्यक्षतामा रजिष्टर्ड कार्यालय टंगालमा वार्षिक साधारणसभा सम्पन्न भएको हो । सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब, पुँजीमा भएको परिवर्तनलगायत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ ।

कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै, बैंकले अन्लाइन प्लाट्फर्म जुममार्फत सेयरधनीहरूको धारणा समावेश गरेको थियो । सभाले सेयरधनीहरूलाई आव २०७६/०७७ को लागि १० दशमलव ८५ प्रतिशत बोनस सेयर तथा तीन दशमलव १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस सेयर जारीपश्चात् कुमारी बैंकको चुक्ता पुँजी १३ अर्ब ८७ करोड रुपैयाँ हुनेछ ।

आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तसम्म बैंकले कुल निक्षेप एक खर्ब २४ अर्ब २२ करोड परिचालन तथा कुल कर्जा रकम एक खर्ब १५ अर्ब १३ करोड प्रवाह गरी सञ्चालन मुनाफा दुई अर्ब १४ करोड तथा एक अर्ब १५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

आर्थिक वर्ष २०७७/०७८ असोज मसान्तसम्म बैंकको कुल निक्षेप एक खर्ब २२ अर्ब २९ करोड तथा कुल कर्जा रकम एक खर्ब १५ अर्ब १९ करोड गरी ८६ करोडको सञ्चालन मुनाफा र ६० करोड २५ लाखको खुद मुनाफा आर्जन गर्न सफल भएकोे बैंकले जानकारी दिएको छ । हाल बैंकले काठमाडौँं उपत्यकाभित्र र बाहिर गरी एक सय ८६ शाखासञ्जाल, एक सय ५० एटीएम, १३ एक्स्टेन्सन काउन्टरका साथै २२ वटा शाखारहित बैकिङ एकाइमार्फत देशभरि आफ्ना सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया