बोरिस जोन्सन अर्को महिना भारत आउने
नयाँ दिल्ली ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आगामी महिना भारतको भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्रीका रूपमा उनको भारत भ्रमण पहिलो प्रमुख द्विपक्षीय भ्रमण रहेको उनको कार्यालयले मङ्गलबार जनाएको छ । भ्रमणका क्रममा उनले आगामी वर्ष बेलायतको आयोजनामा हुने अति विकशित राष्ट्रहरूको समूह (जी–७) सम्मेलनका भारतलाई अतिथि मुलुकका रूपमा सहभागिता जनाउन निमन्त्रणा दिने कार्यक्रम छ ।
भारतबाहेक उक्त सम्मेलनमा दक्षिण कोरिया र अष्ट्रेलियालाई पनि अतिथिका रूपमा निमन्त्रणा गरिनेछ । अन्तर्राष्ट्रिय अन्तरसरकारी आर्थिक सङ्गठन जी–७ मा सात प्रमुख विकसित देशहरू ः क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, ब्रिटेन र संयुक्त राज्य अमेरिका रहेका छन् । यो समूहमा रहेका मुलुक विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) उन्नत अर्थतन्त्र हुन् ।
प्रधानमन्त्री जोनसनले आफ्नो भारत भ्रमणलाई द्विपक्षीय व्यापार सम्बन्ध र लगानीको सुदृढिकरण र रक्षा, सुरक्षा, स्वास्थ्य र जलवायु परिवर्तनलगायत विभिन्न क्षेत्रमा सहयोग पु¥याउनु रहने बताइएको छ । बेलायतले यूरोपेली संघ (ईयू) को एकल बजारलाई छोडेको दिन डिसेम्बर ३१ पछि पर्ने जनवरी २६ को वार्षिक गणतन्त्र दिवस समारोहमा पर्ने भनिएको यो भ्रमणलाई जोनसनले ब्रेक्जिटपछि भारतसँग गर्ने नयाँ व्यापार सम्झौताका बारेमा पनि छलफल गर्ने अनुमान गरिएको छ ।
भ्रमणबारे जोनसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मेरो अर्को वर्ष हुने भारत भ्रमण विश्वव्यापी बेलायतको लागि एक उत्साहजनक सुरुवात हुनेछ । म यति वेला हाम्रो सम्बन्धलाई कडा परिवर्तनका लागि हुने सम्बन्ध विस्तारका रूपमा लिएको छु । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मबीच सम्बन्धलाई थप बलियो बनाउने विषयमा सफलता दिन प्रतिवद्धता व्यक्त भइसकेको छ ।’
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
- लुम्बिनी लायन्सको जर्सीको औपचारिक अनावरण
- ‘फेस्टिभ सेलिब्रेसन’का विजेतालाई उपहार प्रदान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया