भीमदत्तद्वारा निःशुल्क रगत उपलब्ध गराउन रेडक्रसलाई सहयोग हस्तान्तरण
कञ्चनपुर ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित निःशुल्क रक्त सञ्चार सेवा अभियानका लागि सहयोगस्वरूप तीन लाख रूपैयाँको चेक नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्र महेन्द्रनगरले कञ्चनपुरमा निःशुल्करूपमा रगत उपलब्ध गराउँदै आएको छ । यस अभियानलाई सहयोग गर्न भीमदत्त नगरपालिकाले यस वर्षको बजेटमार्फत चालू आर्थिक वर्षका लागि तीन लाख रूपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।
निःशुल्क रक्त सञ्चारका लागि भीमदत्त नगरपालिकाले विगत ३ वर्षदेखि निरन्तर सहयोग गर्दै आएको नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाका सभापति टेकराज उप्रेतीले जानकारी दिए । उनका अनुसार उक्त रकम बुधबार नगरप्रमुख सुरेन्द्र विष्टले हस्तान्तरण गरेका हुन् । उक्त रकम रक्त सञ्चार सेवा केन्द्रमा रगत परीक्षणलगायतका विभिन्न रक्तदानसम्बन्धी क्रियाकलापमा खर्च गरिने उप्रेतीले बताए । रक्त सञ्चार सेवाले विगत ३ वर्षदेखि कञ्चनपुरमा निःशुल्करूपमा रगत उपलब्ध गराउँदै आएको छ ।
यसका लागि जिल्लाभरका सबै स्थानीय तहहरूले पनि सहयोग गर्दै आइरेहेका सभापति उप्रेतीले बताए । उक्त सहयोगलाई रेडक्रसले सबै स्थानीय तहहरूबाट निरन्तर पाउन सकेमा जिल्लाभरमै निरन्तररूपमा निःशुल्क रगत उपलब्ध गराउन सकिने उप्रतीले बताए । चेक हस्तान्तरण गर्दै नगरप्रमुख सुरेन्द्र विष्टले रेडक्रससँग सधैँ हातेमालो गरेर समन्वय र सहकार्य गर्न भीमदत्त नगरपालिका तत्पर रहेको बताए । नगरपालिकामा रगतको अभाव परेर कोही पनि मर्न नपरोस् भन्ने मनसायले नगरपालिकाले सहयोग गरेको उनले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया