Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेञ्चुरी कमर्सियल बैंकद्वारा लाभांश घोषणा

सेञ्चुरी कमर्सियल बैंकद्वारा लाभांश घोषणा


काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लाभांश वितरणको घोषणा गरेको छ । बैंकले आफ्ना सेयरधनीहरूलाई गत आव. २०७६/७७ को मुनाफाबाट सात दशमलव ५शून्य प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये चुक्ता पुँजीको पाँच दशमलव २५ प्रतिशत बोनस सेयर र दुुई दशमलव २५ प्रतिशत नगद लाभांश रहेको छ । बैंकको सोमबार बसेको तीन सय २६औं सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको पाँच दशमलव २५ प्रतिशत बोनस सेयर र दुुई दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैकको १०औं वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गर्ने बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया