Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहालक्ष्मी विकास बैंकको कर्जा घोटालामाथि सीआईबीको अनुसन्धान

महालक्ष्मी विकास बैंकको कर्जा घोटालामाथि सीआईबीको अनुसन्धान


काठमाडौं ।
विवादास्पद व्यक्तिहरुले समेत लगानी गरेको महालक्ष्मी विकास बैंकले कर्जा लगानी गरेको घोटालामाथि नेपाल राष्ट्र बैंकको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुुसन्धान सुरु गरेको छ र यही क्रममा बैंकको ललितपुरस्थित कुमारीपाटीबाट भएको लगानीमा घोटाला गर्ने तीन जना ऋणीहरुलाई पक्राउ गरेको छ । तर उक्त घटनाको प्रमुख पात्र र बैंकका कर्र्मचारीलाई सीआईबीले पक्राउ गरेको छैन ।

अपर्याप्त सुन धितो राखेर कर्मचारीकै मिलेमतोमा त्यहाँबाट सात करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । यसैगरी सो बैंकले पोखराका सुन व्यवसायी कमलमान गुभाजुुलाई सुनको कारोबार गर्न चार करोड ८० लाख रुपैयाँ कर्जा दिएर चलनचल्तीको झण्डै ३८ करोड रुपैयाँ बराबरको सम्पत्ति जफत गरेको छ । भूमाफिया कालुु गुुरुङसँग मिलेर धितो नराखेको जमिन समेत कब्जा गरेको छ । बैंकले सुन कारोबारमा लगानीमा घोटाला भएको भनी नेपाल राष्ट्र बैंकमा पटक–पटक परेको उजुरीपछि राष्ट्र बैंकले त्यसको छानबिन गर्न सीआईबीलाई निर्देशन दिएको हो ।

उक्त कर्जामा भएको अनियमिततामाथि छानबिन हुुने सुइँको पाएपछि बैंकको प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने कार्यकाल बाँकी छँदै राजीनामा दिएर बाहिरिएका थिए । पोखरा स्थायी घर भएका लामिछानेले पोखराकै घरजग्गा व्यवसायी कालुु गुरुङलाई गुभाजुुको सम्पत्ति अनियमित तरिकाले दिलाएका थिए । एकताका बैंकले सुनमा खोजी खोजी लगानी गरेको थियो । त्यसरी लगानी गर्दा बैंकका तत्कालीन सीईओ लामिछानेलगायत अन्य उच्च अधिकारीहरु समेतको संलग्नता रहेको हुुनसक्ने आशंका गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया