बझाड. ।
हिउँद सुरु भएसँगै जिल्लामा जंगली जनावर र पन्छीको चोरीसिकार गर्ने क्रम बढेको छ । मंसिरदेखि माघसम्म हिमाली भेगमा चिसो बढ्न थालेपछि जंगली पशुपन्छी न्यानो खोज्न घरनजिकै आएको मौका छोपी सिकारीले सिकार गर्ने गरेका छन् । सिकारीहरूले बन्दुक, भाला, हँसिया, लाठीलगायत घरेलु हतियार प्रयोग गरी रतुवा, घोरल, झारल, बँदेल, डाँफे, कालिजको सिकार गर्ने गरेका छन् । हिउँद सुरु भएसँगै जिल्लाको बुंगल नगरपालिका, छबिसपाथीभेरा, सुर्मा, खप्तडछान्ना, साइपाल, तल्कोट गाउँपालिकाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा चोरीसिकारी भइरहेको स्थानीयले बताएका छन् ।
केही वर्षअघि गाउँनजिकै प्रशस्त पाइने डाँफेमुनाल, घोरल, बदेँललगायतका पन्छी र जंगली जनावर आजभोलि भने देख्नै मुस्किल भइरहेको बुंगल नगरपालिका २ का वीरबहादुर धामीले बताए । ‘केही वर्ष पहिलेसम्म हिउँ पर्दा मृग, डाँफेलगायतका पशुपन्छी गाउँमै आउँथे । तर, अहिले लेकतिर मात्र फाट्टफुट्ट भेटिन्छन्,’ धामीले भने, ‘हरेक वर्ष हिउँदको समय सुरु भएसँगै चोरीसिकारी हुन्छ । तर, सम्बन्धित निकायले भने नियन्त्रणका लागि पहल नै गर्दैन ।’ हिउँदको सिजनमा उच्च हिमाली भेगमा खुलेयाम जंगली जनावर तथा पन्छीको मासु बिक्री हुँदासमेत यसतर्फ कसैको पनि ध्यान पुग्न नसकेको धामीले गुनासो गरे ।
बेलाबेलामा स्थानीय प्रशासन र डिभिजन वन कार्यालयको समन्वयमा चोरीसिकारी नियन्त्रणका लागि विभिन्न अभ्यास भएको भए पनि नियन्त्रण भने हुन सकेको छैन । जंगली पशुपन्छीको मासु जिल्ला सदरमुकामलगायत स्थानीय बजारमा खुलेयाम बिक्री भइरहेको पाइन्छ । विशेषगरी डाँफे, कालिज, घोरल, रतुवा, बदेँललगायतका जंगली पशुपन्छीको मासु खुलेयाम बिक्री हुनेगरेको छ ।
सिकारीले जंगली पन्छी डाँफेमुनाल र कालिज तीनदेखि पाँच हजार रूपैयाँ र जंगली जनावरको मासु प्रतिकेजी एक हजार पाँच सयदेखि दुई हजार रूपैयाँसम्म बिक्री गर्ने गरेका छन् । भौगोलिक विकटता, जनशक्ति अभाव र उच्च हिमाली क्षेत्र भएकाले चोरीसिकारीले डरलाग्दो रूप लिएको कारण नियन्त्रण गर्न कठिन भइरहेको डिभिजन वन कार्यालय बझाङका प्रमुख कर्ण खातीले बताए । नियन्त्रणका लागि कुन ठाउँमा सिकार हुन्छ र कुन नाका भएर ओसारपसार हुन्छ भन्ने आफूहरूलाई थाहा नभएको उनले बताए । स्थानीयले पनि चोरीसिकारी भइरहेको बारे जानकारी नदिँदा नियन्त्रण गर्न समस्या भइरहेको रुमख खातीले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया