काठमाडौं ।
शनिबार एकै दिन एक हजार १ सय ७५ जना कोरोना संक्रमणबाट निको भई घर फर्किएका छन् । अहिलेसम्म निको हुने सङ्ख्या दुई लाख ४२ हजार ५ सय ६७ पुगेको छ । नेपालमा निको हुने दर ९५.८ प्रतिशत पुगेको छ । सङ्क्रमितमध्ये २ सय ८३ जना सघन उपचार कक्ष र ४९ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । प्रदेश नं १ मा २३ जना, प्रदेश नं २ मा ११ जना, वाग्मती प्रदेशमा १ सय ६, गण्डकी प्रदेशमा ७९ जना, लुम्बिनी प्रदेशमा ५० जना, कर्णाली प्रदेश सात जना र सुदूरपश्चिम प्रदेशमा सात जना उपचाररत छन् ।
यस्तै भेन्टिलेटरमा प्रदेश नं १ मा चार, प्रदेश नं २ मा एक, वाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा १०, लुम्बिनी प्रदेशमा तीन, कर्णाली प्रदेश तीन र सुदूरपश्चिम प्रदेशमा दुई जना उपचाररत रहेका छन् । मन्त्रालयका अनुसार होम आइसोलेशनमा पाँच हजार ८ सय ३४ जना र क्वारेन्टाइनमा ४ सय २१ जना छन् । यस्तै शनिबार काठमाडौँ उपत्यकामा २ सय ८७ जनामा सङ्क्रमण देखिएको छ । तिमध्ये १ सय २१ जना महिला र १ सय ६६ जना पुरुष छन् ।
सङ्क्रमित शून्य भएको जिल्ला मनाङ र ५ सयभन्दा माथि सङ्क्रमित भएका जिल्ला काठमाडौँ, ललितपुर र कास्की हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार कोरोना सङ्क्रमणबाट १२ जनाको निधन भएको छ । योसहित सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या एक हजार ७ सय ७७ पुगेको छ । नेपालमा सङ्क्रमितमध्ये शून्य दशमलव सात प्रतिशत निधन भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार थप ७ सय १० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार विभिन्न ८० वटा प्रयोगशालामा गरिएको परीक्षणमा ७१० जनामा सङ्क्रमण देखिएको हो । देखिएका नयाँ सङ्क्रमितमध्ये महिला ३ सय ६ र पुरुष ४ सय ४ जना छन् । विगत २४ घण्टामा चार हजार ७ सय ८० को पीसीआर परीक्षण गरिएको थियो । थपिएका सङ्क्रमणसँगै मुलुकभर सङ्क्रमितको सङ्ख्या दुई लाख ५३ हजार १ सय ८४ पुगेको छ । सङ्क्रमितमध्ये ३४.५ प्रतिशत महिला र ६५.५ प्रतिशत पुरुष छन् । हालसम्म आठ हजार ८४० सक्रिय सङ्क्रमित छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कृषि तथा पशुपन्छी बीमाको ‘रियल टाइम सफ्टवेयर’
- ‘संस्कृतिमा राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित होइन’
- सञ्चालनमा रहेका दुईसहित आठवटा उद्योगलाई निजीकरण गरिने
- विकास बैंकहरूले कमाए एक अर्ब ६४ करोड
- सरकारी ऋण २५ खर्ब २३ अर्ब पुग्यो
- साउदी अरेबियामा नेपाली श्रमिकमाथि चरम श्रमशोषण
- मोरङ अटोले बिक्री गर्ने सेरेस ब्रान्डको विद्युतीय कारमा प्राविधिक समस्या
- सरकारको सयदिने ‘उपलब्धि’मा सत्तापक्षकै नेता असन्तुष्ट हुनुको सङ्केत ?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया