गाउँपालिकालाई स्थानीयद्वारा निःशुल्क जग्गा
सोलुखुम्बु ।
सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराउन थालेका छन् । वडा नम्बर ४ का स्थानीयले गाउँपालिकाको भवन तथा अन्य कार्य प्रयोजनका लागि निःशुल्क जग्गा दिने बचनबद्धताबमोजिम गाउँपालिकाको नाममा जग्गा पास गर्न सुरु गरेका हुन् । गाउँपालिकालाई स्थानीयले करिब ५० रोपनी जग्गा निःशुल्क दिनेछन् । जसमध्ये केही जग्गादाता विदेशमा रहेका कारण अहिले करिब ३६ रोपनी जग्गा गाउँपालिकाको नाममा पास हुने माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिए ।
अहिले गाउँमा नै रहेकाहरूबाट जग्गा प्राप्त हुन सुरु गरेको र बाँकी जग्गा पनि छिट्टै नै गाउँपालिकाको नाममा पास हुने जनाइएको छ । जग्गाधनी गाउँभन्दा बाहिर रहेको भए पनि गाउँपालिकाले जग्गा भोगचलन गर्न सम्बन्धित जग्गाधनीबाट अनुमति भने प्राप्त गरिसकेको छ । जिल्ला मालपोत कार्यालय सोलुखुम्बु स्रोतका अनुसार स्थानीय तीर्थमान राई, नौराज राई, थपिमाया राई, बिबामाया राई र रुन्चीमाया राईले गाउँपालिकाको नाममा जग्गा रजिष्ट्रेसन पास गरिदिएका छन् ।
माप्य दुधकोशी गाउँकार्यपालिकाको २०७४ पुस १३ गते बसेको बैठकले गाउँपालिकाको केन्द्र सबै वडाहरूको भौगोलिकरूपमा समान दूरीमा पर्ने, एउटै प्लटमा पर्ने जग्गा निःशुल्क उपलब्ध हुने वडा नम्बर ३ स्थित बासा स्वास्थ्य चौकी नजिकैको माझगाउँ खोलादेखि दाम्कुसम्मको सडक आसपासको क्षेत्रभित्र कम्तीमा ५० रोपनी जग्गा उपलब्ध हुने भौतिक पूर्वाधार भएको, भौगर्भिक र प्राविधिक दृष्टिकोणले समेत उपयुक्त ठाउँमा कायम गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार स्थानीयले पनि जग्गा उपलब्ध गराउन सुरु गरेका हुन् ।
जग्गा व्यवस्थापनका लागि कार्यपालिका सदस्य निमराज तामाङको संयोजकत्वमा कार्यपालिका सदस्य दिनेशकुमार राई र प्रमुख प्रशासकीय अधिकृत अबिलाल राई सदस्य रहने गरी जग्गा व्यवस्थापन सहजीकरणको लागि समितिसमेत गठन गरेको थियो । गत कात्तिक २८ गते बसेको कार्यपालिकाको बैठकले गाउँपालिकाको नाममा जग्गा पास गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । गाउँपालिकाको नाममा जग्गाधनीले जग्गा रजिष्ट्रेसन पास गरेपछि गाउँपालिकाको भवन तथा अन्य संरचना बनाउन सुरु गर्ने योजना रहेको छ ।
‘गाउँपालिकाको नाममा जग्गा पास हुन सुरु भयो, अब छिट्टै नै सम्भव भएसम्म चालू आर्थिक वर्षभित्र नै भवन निर्माणको कार्य सुरु गर्ने तयारीमा छौँ’, गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले भने । अध्यक्ष राईका अनुसार गाउँपालिकाको निर्णयबमोजिम अब भौतिक निर्माण कार्य अघि बढ्नेछ । गाउँपालिकाको सभाहल यसअघि नै निर्माण सम्पन्न भई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईद्वारा उद्घाटन समेत भइसकेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया