Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा बैंकद्वारा ‘मेगा अभिभावक बचत खाता’ सार्वजनिक

मेगा बैंकद्वारा ‘मेगा अभिभावक बचत खाता’ सार्वजनिक


काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा अभिभावक बचत खाता’ नामक आकर्षक बचत योजना सार्वजनिक गरेको छ । बैंकले बचतसँगै छोराछोरीहरूको भविष्य सुरक्षित र सुनिश्चित होस् भन्ने उद्देश्यले ‘मेगा अभिभावक बचत खाता’ सञ्चालनमा ल्याएको जानकारी दिएको छ । बैंकका अनुुसार यो योजनामा न्यूनतम पाँच सय रुपैयाँ बचत हुनुपर्ने यो खातामा चार दशमलव पाँच प्रतिशत ब्याज पाइनुका साथै विभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ । यस योजनामा खातावाला अभिभावकको पाँच लाख रुपैयाँको दुर्घटना बीमाको व्यवस्था गरिएको छ ।

यसैगरी, मोबाइल बैंकिङ, भिसा डेबिट कार्ड, चेकबुक र अनलाइन बैंकिङ सुविधा निःशुल्करूपमा उपलब्ध गराइने बैंकले जनाएको छ । यसका साथै, खातावाललाई डिम्याट खाता तथा सेयर लगानीसम्बन्धी विभिन्न आकर्षक विशेष सुविधाहरू पनि यस योजनामा समेटिएका छन् । खाताबाट सिधै शैक्षिक शुल्क भुक्तानी गर्न सकिने व्यवस्था पनि मिलाइएको छ । बैंकले ग्राहकलाई आकर्षक र नवीनतम सुविधाहरू प्रदान गर्दै आएको छ । मेगा बैंकका देशभरकै दुई सय छवटै शाखा तथा ३४ वटा एक्सटेन्सन काउन्टरहरूबाट यस योजनाअन्तर्गत खाता खोल्न सकिने मेगा बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया