वास प्लान बनाउन खानेपानी र स्थानीय पूर्वाधार विभागबीच सम्झौता
काठमाडौं ।
खानेपानी तथा ढल व्यवस्थापन विभाग र स्थानीय पूर्वाधार विभागबीच कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न गाउँपालिकाहरुमा खानेपानी तथा सरसफाइसम्बन्धी तथ्यांक संकलन गरी सरसफाई गुरुयोजना (वास प्लान) बनाउने सम्झौता भएको छ । खानेपानी विभाग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमातहतको निकाय स्थानीय पूर्वाधार विभागबीच दुवै प्रदेशका गरी २७ वटा गाउँपालिकाहरुमा खानेपानी तथा सरसफाइको दिगो व्यवस्थापन गर्ने उद्देश्यले तथ्यांक संकलन गरी अघि बढ्ने समझदारी भएको हो ।
स्थानीय पूर्वाधार विभागले सञ्चालन गरिरहेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाअन्तर्गत दुवै प्रदेशका १० वटा जिल्लाहरु अछाम, बैतडी, बझाङ, बाजुरा, डडेल्धुरा, दैलेख, दार्चुला, डोटी, हुम्ला र कैलालीका २७ वटा गाउँपालिकाहरुको खानेपानी तथा सरसफाइसम्बन्धी डाटा संकलन गर्ने सम्बन्धमा शुक्रबार दुवै विभागबीच सम्झौता भएको छ ।
खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेको उपस्थितिमा खानेपानी विभागका महानिर्देशक मीना श्रेष्ठ र स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वर मरहट्ठाले समझदारी पत्रमा हस्ताक्षर गरे । स्थानीय पूर्वाधार विभागअन्तर्गत ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा सञ्चालित स्थानीय तहहरुको संस्थागत क्षमता अभिवृद्धि गर्नका लागि यस किसिमको समझदारी भएको विभागका महानिर्देशक मरहट्टाले बताए । उनले एनवास एप्समार्फत सबै स्थानीय तहहरुको तथ्यांक संकलन गरी योजना बनाउने उद्देश्यले अघि सारिएको यस किसिमको कार्यक्रम ज्यादै महत्वपूर्ण हुने बताए । उनले एनवास एप्सको बारेमा जानकारी दिन सबै प्रदेश र स्थानीय तहहरुमा तालिमको व्यवस्था गर्न सके अझ राम्रो हुने सुझाव दिए ।
कार्यक्रममा खानेपानी विभागका महानिर्देशक श्रेष्ठले देशैभरि रहेका ७ सय ५३ वटै स्थानीय तहहरुको वास प्लान बनाउने उद्देश्यले यस किसिमको कार्यक्रम अघि बढाइएको जानकारी दिए । उनले सबै स्थानीय तहहरुमा खानेपानी तथा सरसफाइको अवस्था के कस्तो छ भनेर एनवास एप्स बनाइएको र उक्त एप्समार्फत देशभरिकै तथ्यांक थाहा हुने प्रष्ट पारे ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया