सोलुखुम्बुमा किबी चिस्यान केन्द्र स्थापना
सोलुखुम्बु ।
सोलुखुम्बुमा जिल्लामा उत्पादित किबी फलले बजार नपाइरहेको समयमा नेचासल्यान गाउँपालिकाले जिल्लामै पहिलो पटक किबी भण्डारणका लागि चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण गरेको छ । गाउँपालिकाका किबी कृषकहरूको समस्यालाई मध्यनजर गरी वडा नम्बर १ सल्यानमा छ टन क्षमताको कोल्ड स्टोर निर्माण गरिएको हो । किबीले बजार नपाएको समयमा भण्डारण गरी बेमौसममा कृषकहरूले राम्रो मूल्यमा बिक्री गर्न पाऊन् भन्ने उद्देश्यका साथ चिस्यान केन्द्र स्थापना गरिएको गाउँपालिका अध्यक्ष डुफकुमार बाँस्तोलाले बताए ।
आधुनिक प्रविधिको विद्युतीय कोल्ड स्टोर निर्माण गरिएकाले किसानले उत्पादन गरेको किबी खर जान नपाउने उनको भनाइ छ । कुलबोट नेपालको प्राविधिक सहयोगमा करिब सवा तीन लाखको लागतमा निर्माणसम्पन्न कोल्ड स्टोरमा पालिकाका कृषकहरूले उत्पादन गरेको किबी भण्डारणपछि गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले उद्घाटन गरेका थिए ।
उद्घाटन गर्दै अध्यक्ष बाँस्तोलाले कृषिको आधुनिकीकरणबाट मात्रै ग्रामीण समाजमा समृद्धि सम्भव भएको बताए । गाउँपालिकाले ग्रामीण क्षेत्रका कृषकलाई प्राथमिक्तामा राखेर काम गरिरहेको उनको भनाइ छ । चिस्यान केन्द्र उद्घाटन कार्यक्रममा अगुवा कृषकहरू प्रेमबहादुर राई, नानिबाबु कोइराला, सुजन राईलगायतले पालिकाले चिस्यान केन्द्र बनाएपछि उत्पादनले मूल्य पाउने भन्दै खुशी व्यक्त गरे । पहिले सिजनमा मात्र बिक्री गर्नुपर्ने भए पनि अब भने चिस्यान केन्द्रमा राखेर अन्य समयमा बिक्री गर्दा उत्पादित वस्तु खेर जान नपाउने स्थानीय किसान नानिबाबु कोइरालाको विश्वास छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया