नेपाल चलचित्र कलाकार संघको भवन शिलान्यास
काठमाडौं ।
नेपाल चलचित्र कलाकार संघको भवन चन्द्रागिरि नगरपालिकाको स्युचाटारस्थित खड्का गाउँको थानेटारमा शिलान्यास गरिएको छ । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले भवनको शिलान्यास गरेका हुन् । कार्यक्रममा मन्त्री श्रेष्ठले कलाकार संघले पनि आफ्नै भवन निर्माण गर्न लागेकोमा खुसी व्यक्त गर्दै कलाकार राष्ट्रका गहना भएकोले उनीहरुको काममा सघाउनु सबैको दायित्व रहेको बताए ।
कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले सबैको सहयोगबाट संघको भवन शिलान्यास हुन सफल भएको बताए । उनले आगामी दिनमा पनि सबै पक्षको सहयोगको अपेक्षा रहेको भनाइ राखेका थिए । उनले भने, ‘कलाकार संघको ३३ वर्षको इतिहासमा चलचित्रकर्मीका लागि ऐतिहासिक र महत्वपूर्ण शुभ दिन बन्नपुगेको छ ।
पूर्वअध्यक्षहरु, कार्यसमितिका मित्रहरुलगायतको प्रयास र विशेष महत्वपूर्ण योगदान तथा भवन निर्माण कोष खडा गर्ने अध्यक्ष रामकेशर बोगटीलगायत कोष सहयोगी सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’ चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, वरिष्ठ हास्य अभिनेता हरिवंश आचार्य, कृष्ण मल्ल, रमेश बुढाथोकी, दिनेश डिसी, मदु कुमार श्रेष्ठ, शम्भु निरौला, कृष्ण ढुंगाना, चलचित्रकर्मी महासंघका अध्यक्ष खगेन्द्र राई, चलचित्र संघका अध्यक्ष मदुसुधन प्रधानलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया