Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंक र मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरबीच सम्झौता


काठमाडौं ।
मुक्तिनाथ विकास बैंक र मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई अझ उत्कृष्ट सेवा प्रदान गर्नका लागि विभिन्न व्यावसायिक संस्थाहरूसँग विशेष छुट प्रदान गर्नेगरी सम्झौता गर्दै आइरहेकोमा पोखरास्थित मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरसँग सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टर तर्फबाट अध्यक्ष रमेशकुमार थापा र मुक्तिनाथका तर्फबाट गण्डकी प्रदेश प्रमुख बाबुराम ढकालले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापश्चात् मुक्तिनाथका ग्राहकहरूलाई मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरको विभिन्न सेवाहरूमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । यसरी विभिन्न संस्थासँग हातेमालो गर्दै कोभिड १९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरूले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको छ । साथै बैंकको ग्राहकले भिसा नेटवर्कअन्तर्गत जुन सुकै बैंकको एटीएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया