सुन्तला उत्पादनमा कमी
गुल्मी ।
गुल्मी रेसुङ्गा नगरपालिका वडा नं ३ भाडगाउँका डिलाराम मरासिनी मंसिर लागेपछि बारीमा फलेको सुन्तला बेच्न निकै व्यस्त हुन्थे । सुन्तला बेचेरै राम्रो आम्दानी गर्दै आएका मरासिनी यस वर्ष सुन्तला उत्पादन घट्दा दुःखी छन् । त्यस्तै रेसुङ्गा नगरपालिका वडा नं ३ भाडगाउँका थम्मनबहादुर भण्डारी यस वर्ष सुन्तला खेतीबाट असन्तुष्ट छन् । सुन्तलाको सिजन सकिएपछि पनि लामो समयसम्म बजारमा सुन्तला बेच्दै आएका भण्डारीको यसपालि अनुहारमा खुसी छैन । निकै गुलियो र राम्रो दाना भएकाले प्रशस्त बजार पाउँदै आएको सुन्तलाको उत्पादन घट्दा कृषकलाई कारोनापछिको अर्को धक्का लागेको छ ।
सुन्तला बेचेर गुजारा तथा छोराछोरी पढाउँदै आएका कृषकलाई उत्पादन घटेपछि आफूहरू निरास भएको गुल्मीका कृषकले बताउँदै आएका छन् । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष ०७४।०७५ मा मन्त्रीस्तरीय निर्णयबाट गुल्मी जिल्लामा सुन्तलाजात जोन व्यावसायिकीकरणको लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाअन्तर्गत सुन्ताला जोन स्थापना भएको थियो । गुल्मीमा सुन्तला जोन घोषणा भए पनि विगतका वर्षमा भन्दा यस वर्ष तुलनात्मकरूपमा उत्पादन घट्ने कृषक बताउँछन् । यस वर्ष सुन्तलाको बोटमा फूल तथा दाना लाग्ने समयमा बढी मात्रमा वर्षा भएका कारण सुन्तला उत्पादन कम भएको कृषकको भनाइ छ ।
सुन्तलाको बोटमा फलेको सुन्तला रोगका कारण खस्ने, यो वर्ष सुन्तलाको दाना सानो भएको कृषकले गुनासो गर्छन् । सुन्तला खेतीबाट जीविकोपार्जन तथा छोराछोरीको पढाइ खर्च जुटाउँदै आएका गुल्मीका कृषक यस वर्ष निराश छन् । गुल्मीमा उत्पादन भएको सुन्तला तम्घास, पाल्पा, बुटवल, काठमाडौंलगायतका सहरमा निर्यात हुने गर्दछ । कृषकको घरबाटै ८० रूपैयाँमा बिक्री गर्दै आएका छन् ।
कृषकलाई उत्साहित गर्ने रेसुङ्गा नगरपालिकाले बिरुवा वितरण गरे पनि यस वर्ष गुल्मीमा कम सुन्तला उत्पादन हुने रेसुङ्गा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष थम्मनबहादुर केसीले बताए । वडा अध्यक्ष केसी भन्छन्– ‘भाडगाउँ सुन्तलाको पकेट क्षेत्र हो तर अविरल वर्षाका कारण फलेन सकेन ।’ जिल्लाका आठवटा पालिकामा सुन्तला जोन कार्यक्रम लागू भएको छ भने आठ पालिकाका २४ वडामा सञ्चालन भएको छ । सुन्तलाजात जोनमा कृषक समूह तथा सहकारी गरी एक सय ७४ जना आबद्ध छन् ।
गत वर्ष जिल्लाका स्थानीय तह कालीगण्डकी गाउँपालिकामा ७३ हेक्टर, गुल्मीदरबार गाउँपालिकामा ९४ हेक्टर, चन्द्रकोट गाउँपालिकामा ७३ हेक्टर, छत्रकोट गाउँपालिकामा एक सय २४ हेक्टर, धुर्कोट गाउँपालिकामा दुई सय ७८ हेक्टर, मदाने गाउँपालिकामा ६१ हेक्टर, मुसिकोट नगरपालिका ५३ हेक्टर, रेसुङ्गा नगरपालिका एक सय ३२ हेक्टर क्षेत्रफलमा गरी जिल्लामा आठ सय ८८ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ ।
सुन्तलाजात फलफूल जोनको तथ्यांकअनुसार चार सय दुई दशमलव ७९ हेक्टर क्षेत्रफल उत्पादनशील क्षेत्रमा गत वर्ष सात हजार २२ दशमलव ७९ मेट्रिक टन सुन्तला उत्पादन भएको प्रधानमन्त्री आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ, गुल्मी जनाएको छ । कृषकले घटेको गुनासो गरे पनि यस वर्षको उत्पादन तथ्यांक लिन कर्मचारीहरू फिल्ड खटिएको कार्यलयका कृषि अधिकृत सुमन खनालले बताए ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया