७० हजार मेट्रिक टन मह उत्पादन गर्ने लक्ष्य
रोजगारी र निर्यात बढाउन पाकिस्तानमा मह उत्पादन र वृक्षरोपण योजना
इस्लामावाद ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ‘बिलियन ट्रि हनी इनिसिएटिभ’ नामक योजना सुरु गरेका छन् । वृक्षरोपण र मह उत्पादन सँगसँगै गरी देशमा रोजगारी सिर्जना र निर्यात वृद्धि गर्ने उद्देश्यले यो योजना अघि सारिएको बताइएको छ । यो योजना सुरु गर्दै प्रधानमन्त्री खानले मह उत्पादन योजनाले स्थानीय समुदायमा रोजगारी सिर्जनाा हुने र यसको निर्यात समेत बढ्ने बताए ।
पाकिस्तान जलवायु परिवर्तनले विश्वको पाँचौँ असुरक्षित देश हो । सोही कारण जलवायु परिवर्तनलाई सम्बोधन गर्ने ठूलै चुनौती सरकारसामु रहेको खानले बताए । उनले पाकिस्तान वनजन्य बोटबिरुवारहित हुनलागेकोले जन हुर्काउने र धेरैभन्दा धेरै बोटबिरुवा लगाउनुपर्ने बताए । यसो गर्नु भावी पुस्ताका लागि पनि अहिलेको दायित्व भएको उनको भननाइ छ ।
त्यस्तै उनले पाकिस्तान गुणस्तरीय मह निर्यातको लागि बलियो सम्भावनायुक्त देश भएको बताउाँदै उनले देशका विभिन्न स्थानमा विभिन्न प्रजातिका मौरीबाट मह उत्पादन हुने गरेको बताए । प्रधानमन्त्री खानको १० अर्ब रुख सुनामी कार्यक्रम (टेन बिलियन सुनामी प्रोग्राम) अन्तर्गत मौरी लाग्ने फूल बि फ्लोराको वृक्षरोपण गरिनेछ । यसबारे सरकारले पहिले नै अध्ययन समेत गरेको बताइएको छ ।
पाकिस्तानमा १० हजार मौरीपालकले ३ लाख कोलोनी प्रयोग गरी ७ हजार ५ सय मेट्रिक टन मह वार्षिक रुपमा उत्पादन गर्ने गरिएको अनुमान छ । यो योजनााअनुसार ७० हजार मेट्रिक टन मह उत्पादन हुने सम्भावना छ । यति मह निर्यात गर्नसके पाकिस्तानले ३५ देखि ४३ अर्ब पाकिस्तानी रुपैयाँ आम्दानी हुनेछ । त्यसबाहेक ८७ हजार यो क्षेत्रमा रोजगारी सिर्जना हुने प्रधानमन्त्री खानले बताए । मौरीपालनको लागि मौरीपालकलाई आवश्यक तालिमको व्यवस्था समेत गरिने बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया